हिमाली आवाज । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा पूर्व अन्तराष्ट्रिय भलिबल खेलाडी हरि प्रसाद पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ ।
मञ्चको पोखरामा आइतबार सम्पन्न ११ औँ साधारणसभा तथा सातौँ अधिवेशनले आगामी तीन वर्षका लागि पराजुलीको अध्यक्षतामा २१ सदस्सीय कार्यसमिति चयन गरेको हो ।
यसैगरी मञ्चको प्रथम उपाध्यक्षमा दिल बहादुर गुरुङ, द्धितीय उपाध्यक्षमा खेम बहादुर गुरुङ, महासचिवमा कृष्ण तिमिल्सिना, सचिवमा केशव पाठक, कोषाध्यक्षमा महेश पौडेल र सह–कोषाध्यक्षमा हरि बहादुर बरुवाल निर्विरोध निर्वाचित हुनुभयो ।
सदस्यहरुमा याम बहादुर गुरुङ, दिनेश कुमार श्रेष्ठ, ओम बहादुर गुरुङ, भरत कुमार आले, विश्व तण्डुकार, हरिश्वर पोखरेल, पुष्पा श्रेष्ठ, इन्द्रा मल्ल, शान्ती थापा, राम बहादुर क्षेत्री, गज बहादुर गुरुङ, ज्वाला थापा, क्या. सम्मर बहादुर थापा र रमेश कुमार श्रेष्ठ रहनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई ‘स्पोर्टस हव’को रुपमा विकास गर्ने गरी सरकारले योजना कार्यक्रम ल्याउने बताउनुभयो ।
![](https://www.himaliawaj.com/wp-content/uploads/2024/04/09-Janhitma-Jari-Jaruri-Suchana-B-1700-x250-Dadelo.jpg)
प्रदेशमा साहशिक खेलकुदसंगै अन्य खेलकुदका गतिविधिलाई अघि बढाउन प्रदेश सरकारले कार्यक्रमहरु ल्याउने बताउँदै उहाँले भन्नुभयो,“गण्डकी प्रदेशको समृद्धिको आयाम मध्येमा खेलकुद पनि हो । अगाडी बढाउन धेरै आयाम छन । त्यस मध्यको एउटा खेलकुद पनि हो । खब खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धनमा अगाडि बढ्नुपर्ने हुन्छ ।”
गण्डकी प्रदेशलाई साहसिक खेलकुदसँगै फुटबल, भलिबल क्रिकेट जस्ता खेलहरुमा युवापुस्तालाई अगाडि बढाउने उल्लेख खेलाडीहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ‘एक्सपोज’ हुन आवश्यक रहेको बताउनुभयो ।
मञ्चको अधिवेशनका अवसरमा पत्रकारिता मार्फत पोखरा म्याराथनलाई योगदान पु¥याएको भन्दै फोटो पत्रकार राम गुरुङलाई नगद रु १० हजार सहित सम्मान गरिएको थियो । मुख्यमन्त्री नेपालीले उहाँलाई पुरस्कृत गर्नुभयो ।
पाकिस्तानमा भईरहेको यु–१२ आईटिएफ टेनिसमा संलग्न दर्शिल श्रेष्ठलाई समेत नगद रु १० हजार सहित सम्मान गरिएको थियो ।
मञ्चले पूर्व अन्तर्राष्ट्रिय खेलाडी डम बहादुर पुनलाई समेत खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको छ ।
यसैगरी मञ्चका पूर्व अध्यक्ष प्रा.डा विरेन्द्र सिंह गुरुङलाई समेत उहाँको खेलकुद प्रतिको योगदान स्परुप सम्मान गरिएको थियो ।