हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले पार्टीका तर्फबाट गण्डकी प्रदेश सरकारमा सहभागि तीन मन्त्री छनोट गरेको छ ।
माओवादी केन्द्र कास्कीका रामजी बरालको नेतृत्वमा सरकारमा सहभागि हुन लागेको हो । बरालले अर्थ मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने माओवादी स्रोतले जनाएको छ । यसैगरी स्याङ्जाका दीपक चर्तिमगर र बाग्लुङका चन्द्रबहादुर बुढा माओवादीका तर्फबाट मन्त्री नियुक्त हुुनुहुने भएको छ ।
![](https://www.himaliawaj.com/wp-content/uploads/2024/04/09-Janhitma-Jari-Jaruri-Suchana-B-1700-x250-Dadelo.jpg)
बुढाले कृषि मन्त्रालय र चर्तिमगरले वन तथा वातावरणको जिम्मेवारी पाउने बताइन्छ । माओवादीका मधु अधिकारी यसअघिनै स्वास्थ्यमन्त्री नियुक्त भइसक्नुभएको छ ।
आज साँझ सरकारको नेतृत्व गरेको नेपाली काँग्रेर माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डामा सहमति जुटेको हो । काँग्रेसका तर्फबाट मन्त्री बन्नेहरुबारे छलफल चलिरहेको सो पार्टीले जनाएको छ । मन्त्रीहरुको शपथ भोली गर्ने तयारी छ ।