हिमाली आवाज । राष्ट्रिय धान दिवसका अवसरमा कर्णाली प्रदेश सरकारले भोली असार १५ गते सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार सूचना जारी गर्दै मंगलबार जुम्ला बाहेकका प्रदेशका सबै जिल्लामा सार्वजनिक बिदा हुने जनाएको छ ।
नेपाली कृषकहरुले असार १५ मा दही–चिउरा खाएर धान दिवस मनाउँदै आएका छन् । यस दिनलाई मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा समेत लिइन्छ ।