हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवं संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले संविधानको रक्षा गर्नु अहिलेको प्रमुख कार्यभार रहेको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र मादी गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा उहाँले अदालतले संसद् पुनःस्थापना गरेपनि सरकारको मनस्थिति नबदिलएको र फेरी कुनै पनि समयमा संसद् विघटन गर्ने र संविधान खारेज गर्ने योजनामा केपी ओली रहेको जिकिर गर्नुभयो ।
देशको राष्ट्रिय अस्मिता समाप्त पार्न प्रतिगामी शक्तिबाट अहिलेको व्यवस्था, संविधान र प्रजातन्त्र माथि आक्रमण भइरहेको भन्दै नेता गुरुङले देशमा अस्थिरता पैदा गरेर द्धन्द्ध सिर्जना गर्दै राष्ट्रिय अस्मिता समाप्त पार्ने चलखेलका विरुद्ध राष्ट्रको रक्षाका लागि सबै राजनीतिक दलहरु मिल्नुपर्नेमा जोड दिनुभयो ।
नेता गुरुङले अदालतलाई दुरुपयोग गरेर राजनीतिक दललाई विभाजन र विखण्डीत गरिएको भन्दै सरकारले दलिय प्रणालीलाई कमजोर बनाएको दावी गर्नुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजकाजी गुुरुङ, गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, सचेतक गायत्री गुरुङ, गाउँ कमिटी अध्यक्ष कृष्णराज दाहाल, वडाध्यक्षहरु लालबहादुर गुरुङ, तोरण गुरुङ, मित्र गुरुङ,युवा नेता क्षितिज सापकोटा लगायतले माओवादी केन्द्रले मात्र राष्ट्र र जनताको हितमा काम गर्ने भनाई राख्नुभएको थियो ।