हिमाली आवाज । बाख्रा पालनको पकेट क्षेत्र पोखरा महानगरपालिका वडा नम्बर २० को मोहोरियामा एकदिने बाख्रापालन तालिम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका पशुसेवा शाखाको आयोजना तथा पोखरा महानगरपालिका वडा नम्बर २० को समन्वयमा व्यशायीक कृषकहरुलाई लक्षित गरी सेवा केन्द्र स्तरीय एकदिने स्थलगत बाख्रापालन तालिम सम्पन्न भएको हो । तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सीम गुरुङले बाख्रापालन निर्वाहमुखी नभइ ब्यवशायीक रुपमा गर्नुपर्ने बताउनुभयो ।
महानगरको बाख्रा पालनको पकेट क्षेत्रको रुपमा समेत चिनिने साविकको मौजा गाविस अन्तर्गत पर्ने आंटीघर र मोहोरियामा समुहगत मात्र नभइ ब्याक्तिगत रुपमा पनि व्यावसायिक रुपमा बाख्रापालन गर्र्न स्थानीयहरुलाई उहाँले आग्रह गर्नुभयो ।
ब्याक्तिगत रुपमा निर्वाहमुखी भन्दा व्यवसायिक रुपमा गाउँमानै बाख्रापालन गर्न सके युवाहरु समेत स्वरोजगार हुने र गाउ छोडेर जानुपर्ने बाध्यतात्मक स्थिति नआउने उहाँको भनाई छ ।

पोखरा महानगरपालिका पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले पोखरा महानगरभित्रको एकमात्र बाख्रापालन गर्ने कृषकहरुद्धारा सहकारी सञ्चालन गरेर कृषकहरुलाई व्यवसायी बनाउने जमर्को संगै पोखरा महानगरको बाख्रापालनको पकेट क्षेत्र वनाउन पोखरा महानगरपालिका वडा नम्बर २० सक्षम भएको बताउनुभयो ।
बाख्रापालन संगै कृषकहरुले आफ्नो आयआर्जनलाई बृद्धि गराउनका लागी खाली जग्गामा घांस खेती गर्न सके अझै उक्त क्षेत्रको कृषकहरुले व्यवसायिक लाभ लिन सक्ने उहाँको भनार्ई छ ।
स्थानीय सरकार आएपछि साविकको मौजा गाविस अन्तर्गत पर्ने गाउहरुमा सडक स्तरोन्नती भइसकेको र गाउमा होम स्टे पनि खुलेकाले आगामी दिनमा आन्तरिक पर्यटकहरु समेत भित्रिने भएकाले कृषि पर्यटनको समेत निकै सम्भावना रहेको अधिकारीले बताउनुभयो ।
मौजा बाख्रापालन कृषि सहकारीको अध्यक्ष दुर्गा बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका लेखा समिति संयोजक भीम बहादुर गुरुङले स्वागत मन्तब्य ब्यक्त गर्नुभयो ।
तालिममा ३० जना कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा महानगरपालिका वडा नम्बर २० का वडा सदस्य मोती प्रसाद पौडेल, पशु सेवा केन्द्र भलामका प्रमुख पुष्प अधिकारी, लगायतले तालिमबाट कृषकलाई लाभ पुग्ने बताउनुभएको थियो ।