पोखरा,२२ साउन । सरकारले तत्काल देशभर लकडाउन नहुने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता एवं अर्थमत्री डा. युवराज खतिवडाले तत्काल देशभर बन्दाबन्दी नहुने स्पस्ट पार्र्दै जोखिम रहेका ठाउँको अवस्था हेरेर स्थानीय सरकारले लकडाउन गर्न सक्ने बताए ।
मन्त्री खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा देशभर एकैसाथ बन्दाबन्दी गर्ने मनस्थितिमा सरकार नरहेको बताउँदै स्थानीय सरकार तथा जिल्ला स्तरबाट सेवाहरू रोकिने अथवा बन्दाबन्दी हुनसक्ने तर देशभर एकैसाथ बन्दाबन्दी नहुने बताए। साथै संक्रमणको जोखिम भएका ठाउँमा मात्रै बन्दाबन्दी हुने उनको भनाइ थियो।
त्रसित भएर पूर्ण रुपमा यसअघि जस्तै बन्दाबन्दी हुन्छ भन्ने मनस्थिति कसैले पनि नबनाउन भन्दै उनले अहिले पनि दुई दर्जन भन्दा बढी स्थानीय तहहरूमा बन्दाबन्दी गरिएको उल्लेख गरे ।