पोखरामा सुरु भयो टिभिएसको ‘एक्सचेञ्ज मेनिया’,साटफेरमा ग्राहकलाई छुटै छुट

हिमाली आवाज । पोखरासभागृहमा आइतबारदेखी टिभिएस कम्पनीको मोटरसाइकल तथा स्कुटरहरुको  एक्सचेञ्ज मेला शुरु भएको छ ।टिभिएसको पोखराको आधिकारिक बिक्रेता स्क्वार्यर मोटर्स प्रालिले यही वैशाख १२ गतेसम्मका लागि एक्सचेञ्ज कार्यक्रम राखेको हो ।

एक्सचेञ्ज अफरमा कम्पनीले छुटका विभिन्न स्कीम ल्याएको स्क्वायर मोटर्सका कार्यकारी अध्यक्ष आदर्शमान श्रेष्ठले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार जुनसुकै ब्राण्ड र कन्डिसनको मोटरसाइकल साटफेर गरिने र न्यूनतम रु ३० हजार मुल्यांकन गरिने छ । “हामीले धेरै सुविधा उपलव्ध गराउने गरी मेला आयोजना गरेका छौँ । जस्तो सुकै अवस्थाको बाइक तथा स्कुटरको समेत न्यूनतम ३० हजार मुल्यांकन हुने छ। ”श्रेष्ठले भन्नुभयो ।

एक्सचेञ्जमा रु एक लाख सम्म छुट तथा सरल फाइनान्सको सुविधा समेत उपलव्ध रहेको टिभिएका बिक्री प्रवन्धक सन्तोष पोखरेलले बताउनुभयो ।

पोखरेलले भन्नुभयो,“गण्डकी प्रदेशमा टिभिएसका जुनसुकै मोडल ग्राहकको रोजाईमा छन् । यस क्षेत्रमा अग्रणी स्थानमा रहेको टिभिएसले एक्सचेञ्ज मेलामार्फत बजार विस्तारमा सघाउ पुग्ने विश्वास लिएका छौँ ।”

Comments
Loading...