जुनियर राष्ट्रिय टेनिसमा दर्शिल र साराले दोहोरो उपाधि जिते

हिमाली आवाज । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा सम्पन्न चौथो संस्करणको ‘मनुश्री भिग्नजीत जुनियर’ राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाडौँकी सारा पन्तले दोहोरो उपाधि जितेका छन् ।

पोखरा रङ्गशालाको टेनिस कम्प्लेक्समा यही वैशाख ३ गतेदेखी सुरु प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा दर्शिलले १६ वर्ष मुनिको पुरुष एकल र पुरुष ‘डबल्स’को उपाधि जित्दा साराले महिला एकलतर्फ १४ र १२ वर्षमूनिको दुवै विधामा च्याम्पियन बनिन् ।

दर्शिलले एकलतर्फ असव सम्राट हाडालाई ६–१, ६–४ को सोझो सेटमा पराजित गरेका हुन् । ‘ब्वाइज डबल्स’ मा सिर्जन भट्टराईसँगको ‘पार्टनरसिप’मा दर्सिल जोडीले प्रफुल्ल श्रेष्ठ र स्पन्दन उदासको जोडीलाई प्रतिस्पर्धात्मक खेलमा ६–० ,५–७ र १०–४ ले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।

यसैगरी साराले १४ वर्ष मुनि महिला एकलतर्फको प्रतिस्पर्धामा आर्य पौडेलसँगको फाइनल खेलमा ६–१, ६–४ को नतिजा निकालिन । साराले १२ वर्ष मुनिको फाइनलमा स्वरा थापालाई ६–२, ६–३ ले पराजित गर्दै दोहोरो जित निकालेकी हुन् ।

यसैगरी १४ वर्ष मुनिको ‘ब्वाइज सिंगल’तर्फ साङ्गे रोकायाले आसव सम्राट हाडालाई ६–४, ३–६ र १४–१२ ले पराजित गर्दै प्रथम हुन सफल भए । यसैगरी १२ वर्षमुनिको ‘ब्वाइइज सिङ्गल’मा आरित मल्लले आर्यस राज पौडेललाई प्रतिस्पर्धात्मक खेलमा ३–६,७,–६ र १०–४ ले पराजित गर्दै प्रथम स्थान हासिल गरेका छन् ।

प्रतियोगिताको १६ वर्षमूनिको एकलतर्फ विजेताले नगद रु १५ हजार तथा उप–विजेताले नगद रु सात हजार पाँच सय सहित मेडल प्राप्त गरे ।
चौथ वर्षमुनिको एकल विजेताले नगद रु १० हजार तथा उप–विजेताले नगद रु पाँच हजार सहित मेडल प्राप्त गरे ।

यसैगरी १२ वर्षमूनिको एकलतर्फ बिजेताले नगद रु आठ हजार तथा उप–विजेताले नगद रु चार सहित मेडल प्राप्त गरेका छन् । प्रतियोगिताको आठ, नौ र १० वर्षमूीनको महिला तथा पुरुष एकल विजेता तथा उपविजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई प्रतियोगिताका मुख्य प्रायोजक कुमार मोहनबहादुर शाही, उहाँका नाती भिग्नजीत, नातिनी मनुश्री, प्रतियोगिता संयोजक लोक गुरुङ लगायतले नगद सहित मेडल, प्रमाण–पत्रले पुरस्कृत गर्नुभयो ।

Comments
Loading...