हिमाली आवाज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पर्वत–पोखरा सम्पर्क समन्वय समितिको प्रथम अधिवेशन शनिबार पोखरामा सम्पन्न भएको छ। सम्मेलनबाट २१ सदस्यीय कार्यसमिति, सात सदस्यीय सल्लाहकारमा निर्वाचित गरिएको छ ।
समितिको अध्यक्षमा धर्मलाल लामिछाने सर्वसम्मत चयन हुनुभयो ।यसैगरी उापध्यक्षमा इन्द्र नेपाली, राजु न्यौपाने र अमर गिरी रहनुभएको छ । सचिव दीपक आचार्य र कोषाध्यक्ष अर्जुन हिताङ चयन हुनुभयो । सदस्यहरुमा गोविन्द तिवारी, कृष्णराज पौडेल, जौमाया हिताङ, प्रेम क्षेत्री, प्रदीप सुवेदी,रामबहादुर विक, अनिरूद्र पौडेल, उत्सव भुसाल, पार्वती क्षेत्री र प्रकाश विक हुनुहुन्छ ।

सल्लाहकारहरुमा संयोजक नगेन्द्रराज पौडेल, गंगाराम पौडेल,मीना तिमिल्सिना,ऋषि पौडेल, गान्धिकुमारी गुरूङ, देव क्षेत्री र सविता शर्मा रहनुभएको छ । यसअघि अधिवेशनको माओवादी केन्द्रका नेता हरिराज अधिकारीले उद्घाटन गर्नुभएको थियो ।
सम्मेलनमा संगठन सुदृढीकरणमा सम्पर्क समितिको भूमिका वृद्धि गर्नुपर्नेमा जोड दिइएको छ ।कार्यक्रममा सहभागीहरूलाई सम्मानपत्र, स्मृति चिन्ह र सांस्कृतिक झल्को सहित स्वागत गरिएको थियो।