पोखरा महानगर प्रमुख आचार्य अस्पतालबाट डिस्चार्ज

हिमाली आवाज । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य डिस्चार्ज हुनुभएको छ।
गत शनिबार पोखरा भ्रमण वर्षको उद्‍घाटनका क्रममा बेलुन पड्किँदा घाइते हुनुभएका आचर्याको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । मेयर आचार्यसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सोही कार्यक्रममा घाइते भएकामा पौडेल यसअघि नै डिस्चार्ज हुनुभएको थियो ।

’पोखरा भ्रमण वर्षको औपचारिक घोषणा समारोहका क्रममा भएको प्राविधिक त्रुटिका कारण नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री माननीय विष्णु पौडेल ज्यू र म दुर्घटनावश (जलनका कारण) कीर्तिपुर अस्पताल, काठमाडौंमा भर्ना भएर उपचाररत थियौं। माननीय मन्त्रीज्यू तीन दिनअघि नै डिस्चार्ज हुनुभएको थियो। म आज अपराह्न अस्पतालबाट डिस्चार्ज भएको छु। उपचारमा संलग्न गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, कीर्तिपुर अस्पताल काठमाडौं लगायतका विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवार प्रति हृदयदेखि आभार व्यक्त गर्दछु,’ मेयर आचार्यले भन्नुभएको छ।

Comments
Loading...