पोखराको सगरमाथा निकेतन स्कुलले भव्य कार्यक्रम सहित वार्षिकोत्सव मनाउँदै

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ४ मा अवस्थित सगरमाथा निकेतन स्कुलले  १८ औँ वार्षिकोत्सव विविध कार्यक्रम सहित मनाउने तयारी गरेको छ ।

विद्यालयले यही फागुन ३ गते विद्यालय प्राङ्गणमा वार्षिकोत्सव समारोह आयोजना गरेको हो । विद्यालयका प्राचार्य दिलिप कुमार शर्मा भट्टराईले वार्षिकोत्सव सहारोहमा सम्मान, सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम सहित भव्य बनाउने गरी तयारी गरिएको हिमाली आवाजलाई जानकारी दिनुभयो ।

उहाँले विद्यालयमा लामो समय सेवा गरेका शिक्षकहरुलाई नगद, दोसल्ला र सम्मापनत्र सहित दीर्घ सेवा सम्मान समारोहमा अर्पण गरिने बताउनुभयो । त्यसैगरी भूतपूर्व विद्यार्थीलाई सम्मान, उत्कृष्ट विद्यार्थी सम्मान  लगायतका कार्यक्रम हुनेछ ।

“हाम्रो विद्यालय गण्डकी प्रदेशकै नमूना विद्यालयका रुपमा प्रख्यात छ । शिक्षक र अभिभावकको संयुक्त प्रयासबाट उत्कृष्ट नजिता प्रदान गरिरहेका छौँ । विद्यालयको वार्षिकोत्सव कार्यक्रममा समेत अधिकाँस अभिभावकहरुको उपस्थिति रहने छ । हामी कार्यक्रमलाई भव्भ र सभ्य बनाउने गरी तयारीमा लागिरहेका छौँ ।” प्राचार्य शर्माले भन्नुभयो ।

विसं २०६२ मा स्थापना भएको सगरमाथा निकेतन स्कुलमा ८ सयको संख्यामा विद्यार्थी अध्ययनरत छन् । विद्यालयले गण्डकी प्रदेशमै छुट्टै पहिचान बनाएको छ ।

Comments
Loading...