पोखरामा सुरु भयो‘टिभिएस एक्स्चेन्ज मानिया’,ग्राहकहरुलाई छुटै छुट

हिमाली आवाज । पोखरामा टिभिएस मोटरसाइलक तथा स्कुटरहरुको आधिकारिक बिक्रेता स्क्वायर मोटर्सको आयोजनामा पोखराको अमरसिँहचोकस्थित खेल मैदानमा ‘टिभिएस एक्सचेन्ज मानिया’ सुरु भएको छ ।

यही माघ २७ गतेदेखी सुरु भएको एक्स्चेन्ज मानिया आगामी फागुन २ गतेसम्म चल्नेछ । सो एक्सचेञ्ज कार्यक्रममा ग्राहकहरूले उचित मुल्यांकनमा आफ्नो कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ टिभिएस बाइक वा स्कुटर खरिद गर्न सक्ने स्क्वायर मोटर्स प्रालिका कार्यकारी अध्यक्ष आदर्शमान श्रेष्ठले हिमाली आवाजलाई जानकारी दिनुभयो ।उहाँका अनुसार एक्सचेञ्जमा विशेष छुटहरु उपलव्ध गराइने छ ।

एक्स्चेन्ज मानियाँमा विशेष अफर र छुटहरू प्रदान गरिएकाले ग्राहकहरु प्रत्यक्ष लाभान्वित श्रेष्ठले बताउनुभयो । “ग्राहकहरुलाई फाइदा होस् भनेर एक्सचेञ्ज सुविधा प्रदान गरेका हौँ ।” अध्यक्ष श्रेष्ठले भन्नुभयो । सो र्काक्रममा रु १० हजार रुपैयाँसम्म छुट, १८ महिनाको लागि मात्र ७.९९% ब्याजदर, २ वर्षसम्म निःशुल्क स्पेयर पाट्र्स, इन्जिन तेल र सर्भिसिङ, ३१ हजारसम्मको बचत, निःशुल्क हेल्मेट, ब्याग र बाइक कभर, टिभिएस लाइफटाइम वारेन्टी लगायतको अफरको लाभ ग्राहकले लिन सक्ने बताइन्छ ।

Comments
Loading...