हिमाली आवाज । पोखरामा मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ ।

पोखराको वैदाममा शनिबार राति ग १३ प ६७१९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक पोखरा–२४ कास्कीकोट बस्ने २१ वर्षीय सफल रानाभाट र पोखरा–८ सिमलचौरका २१ वर्षीय सुजल अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार लेकसाईडबाट शहीदचोकतर्फ आउँदै गरेको मोटरसाइकल चालकले नियन्त्रण गुमाई सडक छेउमा रहेको सोलारको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।
मोटरसाइकल दुर्घटनापछि उनीहरुलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएकामा चिकित्सकले विहान दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।