हिमाली आवाज । पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज थ्रीस्टार क्लब र मच्छिन्द्र फुटबल क्बल आमनेसामने हुँदैछन् ।
पोखरा रंगशालास्थित फुटबल स्टेडियममा दिउसो २ः३० बजेदेखी क्वाटरफाइनलको दोस्रो खेल सुरु हुँदैछ । मच्छिन्द्रले एपिएफ फुटबल क्लबलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको थियो । यसैगरी थ्रीस्टरले सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।

प्रतियोगिताको विजेताले नगद रु १२ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रु ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले रु २५ हजार नगद सगै ट्रफी पुरस्कार पाउँदा फेएर प्लेको रूपमा एक टोलीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।