हिमाली आवाज । गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेललाई पितृ शोक परेको छ ।
![](https://www.himaliawaj.com/wp-content/uploads/2024/04/09-Janhitma-Jari-Jaruri-Suchana-B-1700-x250-Dadelo.jpg)
नेपाली कांग्रेस जिल्ला कार्य समिति लम्जुङ्गका पूर्व सभापति समेत रहनुभएका मन्त्री पौडेलका बुबा तिल बहादुर पौडेलको आज आफ्नै निवास बेशिसहर नगर पालिका वडा न– ७ मा ९८ वर्ष को उमेरमा निधन भएको हो ।
स्व पौडेल स्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको पार्थिक शरिर लाई मरसाङ्गदी नदीमा आजनै अन्त्येष्टि गरिएको छ । स्व पौडलका २ छोरा र ६ छोरी रहेका छन ।