बाघमारा साकोसको सहकारी सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम तथा समिक्षा

हिमाली आवाज । बाघमारा बहुउद्धेशीय (साकोस) सहकारी संस्था लि पोखरा–३३, बाघमाराको आयोजनामा साहकारी संचालकहरुको क्षमता अभिवृद्धि तालिम तथा अर्धवार्षिक समिक्षा गोष्ठी शनिवार सम्पन्न भएको छ । यही माघ १८ र १९ गते गरी दुई दिनसम्म सञ्चालन भएको गोष्ठीले संस्थाको आ.व. २०८१÷०८२ अर्धवार्षिक समिक्षा गरि भावी रणनीति समेत तय गरेको छ ।

सो कार्यक्रम कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ७, धम्पुसमा सम्पन्न भएको हो । गोष्ठीको उद्धघाटन सत्रमा संस्थाका संथापक अध्यक्ष डिल्ली राम बराल, सल्लाहकारहरु शिवप्रसाद आचार्य, केशव प्रसाद आचार्य, हेम बहादुर थापा पराजुली किरण, नन्दलाल काफ्ले, ऋण उपसमिति संयोजक मनोज कार्की, लेखा समिति संयोजक श्रीधर गिरी र संस्थाका व्यवस्थापक लक्ष्मी अधिकारी लामिछाने, लगायत वक्ताले संस्थाले गरेका आर्थिक, सामजिक र वितिय उपलब्धिहरुको बारेमा आफ्नो धारणा राख्दै सहकारीको माध्यमबाट सामाजिक तथा दिगो आर्थिक रुपान्तरणमा लाग्न सहकार्य र समन्यवमा लाग्ने बिचार गर्नुभयो ।

कार्यक्रममा संस्थाका साचालक समिति, लेखा समिति, ऋण उप समिति र शिक्षा उपसमिति एवम सल्लाहकार र कर्मचारीहरुलाई प्रशिक्षकको रुपमा जिल्ला बचत संघ कास्कीका पुर्व अध्यक्ष सुदिप ढकालले सहजीकरण गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष तुलसी मणि अधिकारी र कार्यक्रम संचालन शिक्षा उपसमितिका संयोजक अर्जुन अधिकारीले गर्नु भएको थियो।उक्त गोष्ठीमा ४० जनाको सक्रिय सहभागिता रहेको थियो।

Comments
Loading...