पोखराको मणिपाल कलेजका एमविविएस विद्यार्थीलाई योग अभ्यास

हिमाली आवाज । पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्समा आज एक दिनको योग अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
भारत कर्नाटकका प्रख्यात योग प्रशिक्षक कृष्नन नायकले योगका विभिन्न आसन तथा ध्यान लगायतको प्रशिक्षण दिनुभएको थियो ।

“राष्ट्रले विभाजित, योगले एकताबद्ध”को नारा सहित भएको योग प्रशिक्षणमा मणिपाल कलेजमा एमएविविएस अध्ययनरत विद्यार्थीहरु सहभागी भएका थिए । योगका माध्यमबाट मानिसको स्वस्थ्य राम्रो बनाउन र सुशी जीवन व्यतित गर्न उत्प्रेरित गर्ने उद्धेश्यले सो कार्यक्रम गरिएको हो । एमविविएस अध्ययन गर्ने विद्यार्थीहरुलाई लामो समयसम्म अध्ययनका क्रममा उत्पन्न हुने तनावलाई व्यवस्थापन गर्न सहज होस् भनेर कार्यक्रम गरिएको मणिपाल कलेज अफ मेडिकल साइन्सका प्राचार्य प्रोफेसर डा शिशिर गोखालीले बताउनुभयो ।

योग प्रशिक्षक नायक योगको प्रवद्र्धनका लागि विगत दुई वर्षदेखी भारतका ग्रामिण क्षेत्र सहित भुटान नेपालमा पैदल यात्रा गर्ने गर्नुभएको छ ।
उहाँ नेपाल भारत सिमा सुनौलीबाट सात दिन पैदल यात्रा गरेर पोखरा आइपुग्नुभएको हो । योग कार्यक्रमको संयोजन कलेजका विद्यार्थी मामिला इन्चार्ज सोभियत खड्काले गर्नुभएको थियोे ।

खड्काले भन्नुभयो,“ बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न योगलाई प्रभावकारी मानिएको हुनाले कलेजमा एमविविएस पढने विद्यार्थीहरुका लागि योग प्रशिक्षण कार्यक्रम गरेका हौँ । विद्यार्थीहरुको सक्रिय सहभागिताले कार्यक्रम भव्य रुपमा सफल भयो । ”

Comments
Loading...