गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ मा

हिमाली आवाज । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते बस्ने भएको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले माघ २१ गते संसद् बैठक डाक्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश सभाको बर्खे अधिवेशन असोज ८ गते अन्त्य भएको थियो । प्रदेश सभाका विषयगत समितिमा २ वटा विधेयक विचाराधीन रहे पनि यसबीचमा सरकारले थप विधेयक दर्ता गराएको छैन । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिउँदे अधिवेशनमा कम्तीमा पनि १० वटा विधेयक पारित गर्ने गरी सरकारले तयारी गरेको जानकारी दिनुभयो ।

Comments
Loading...