हिमाली आवाज । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडमा नयाँ संचालक समिति चयन भएको छ। कम्पनीको हालै सम्पन्न साधारणसभाले नयाँ संचालक समिति चयन गरेको हो ।
जस अनुसार कम्पनीको संचालकहरुमा सुदिप सिंह अधिकारी, जगत बहादुर पोखरेल, बम बहादुर गुरुङ, बासुदेव भण्डारी , नेहा अग्रवाल, र राजेन्द्र अधिकारी चयन हुनुभयो । कम्पनीको माघ ५ गते बसेको संचालक समितिको बैठकले कम्पनीको अध्यक्षमा सुदिप सिंह अधिकारी र प्रबन्ध संचालकमा जगत बहादुर पोखरेललाई चयन गर्ने निर्णय गरेको छ।
यस कम्पनीले कास्कीमा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ साल कात्र्तिक २७ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ।