हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलाको खाँदरजुङ्गस्थ्ति घोप्टे डाँडालाई धार्मिक तथा पर्यटकीय विकासका लागि शिवालय एकीकृत धार्मिक विकास समिति गठन गरिएको छ ।
सार्दिखोलामा हालै भएको भेलाले स्थानीय कृष्णप्रसाद गौतमको अध्यक्षमतामा विकास समिति गठन गरेको हो । सो समितिको उपाध्यक्षमा छबिलाल गुरुङ, सचिव टेकराज आचार्य, सहसचिव जमुना गुरुङ र कोषाध्यक्ष युनिसा तामाङ चयन हुनुभयो ।
यसैगरी सदस्यहरुमा ढकमाया आचार्य, श्रीप्रसाद घले, लिला क्षेत्री, ओमबहादुर तामाङ, तोजाबहादुर गुरुङ र खुशीमान परियार रहनुभएको छ ।
सोही वडाका वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता गणेशप्रसाद आचार्यको उपस्थितिमा भेला बसेको थियो । घोप्टे डाँडालाँई धार्मिक गन्तव्यका रुपमा विकास गर्नका लागि पूर्वाधार निर्माण गर्ने उद्धेश्यले स्थानीय शिवालय मन्दिर व्यवस्थापन समितिले गत भदौ पहिलो साता श्रीमद्भागवत महापुरारण तथा ज्ञान महायज्ञ आयोजना गरेको थियो ।
घोप्टे डाँडामा विभिन्न धार्मिक संरचना निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सहित गैराखेल मैदानमा महायज्ञ आयोजना गरिएको थियो ।