हिमाली आवाज । गण्डकी प्रदेश सभाका सभामुख कृष्ण प्रसाद धितालले दुध तथा दुग्धजन्य पदार्थ उपभोक्तालाई गुणस्तिरीय र सर्बसुलव रुपमा उपलब्ध गराउन सरकारी, सहकारी तथा निजी क्षेत्रलाई ब्यवसायिक र गुणस्तरिय बनाई दुग्ध ब्यवसायलाई प्रभवकारी बनाउन आवश्यक रहेको बताउनुभएको छ । सोमबार पोखरामा केन्द्रिय दुग्ध सहकारीसंग लिमिटेड नेपालको तीसौ बार्षिक साधारण सभालाई सम्वोधन गर्दै उहाँले यो क्षेत्रको स्तर बृद्धि गरी दिगो बिकास मार्फत कृषकको जिवन स्थर उकास्न, डरलाग्दो युवा पलायन रोक्न तथा देशकै अर्थतन्त्र सुधार्न गतिलो सम्भावना भएको उल्लेख गर्नुभयो ।
दुधको पौष्टिक महत्व भए जस्तै दूध र दुग्धजन्य पदार्थको ब्यवशायिकरणमा दुग्ध सहकारिको भुमिका पनि निकै महत्वपुर्ण भएको जोड दिनुभयो । साथै पछिल्ला बर्षहरुमा तिब्र बसाई सराईले गर्दा ग्रामिण क्षेत्रका धेरै खेत बारीहरु बाँजो हुदै गएकाले गाई बस्तुको लागी घाँस लगाउने प्रशस्त जमिन उपलब्ध भएको र त्यस्ता जमिनको उपयोग गर्न सक्ने हो भने दुध उत्पादनमा लागत कम पर्न गई कृषकलाई फाइदा पुग्ने हुदा बिषेश योजना बनाई उक्त जमिनको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
मौसम अनुसार दूध उत्पादनको परिमाणमा हुने घटबढले पार्ने समस्या न्यूनीकरण गर्न घुलो दूधको प्रभावकारी व्यवस्थापनलाई रणनैतिक रुपमा उपयोग गर्नु पर्ने बताउदै । दूध उत्पादन क्षेत्रहरु लक्षित दूध संकलन प्रशोधन तथा बजारिकरणको व्यवस्थापन मार्फत दूध मूल्य श्रृंखलाको सुधार सहित व्यवसायीकरण तथा औद्योगीकरणलाई प्रोत्साहित गर्नु पर्ने अहिलेको आवश्यकता रहेको जनाउनुभयो ।
सरकारको पुर्ण स्वामित्व रहेको दुग्ध बिकास संस्थाको उपस्थिति गण्डकी प्रदेशमा हुन नसकिरहेको बताउदै यस तर्फ छिटै ध्यान जानुपर्नै बताउनु भयो । कृषि तथा पशुपालन ब्यवसायलाई संचालन गर्न कुनै कानुन बाधक बन्छ भने संसोधन गरेरै भएपनि यो क्षेत्रको बिकास गर्नुको कुनै बिकल्प नभएको बताउनु भयो ।
त्यसैगरी दुग्द क्षेत्रको स्तर बृद्धि गर्दै दिगो बिकास मार्फत कृषकको जिवन स्तर उकास्न, डरलाग्दो युवा पलायन रोक्न तथा देशकै अर्थतन्त्र सुधार्न गतिलो सम्भावना भएको व्यवसायमा मध्य दुग्ध व्यवसाय पनि भएको जनाउदै दुग्ध व्यवसायलाई नाफामूलक र दिगो पेशाको रुपमा विकास गरी व्यवसायीकरण, औद्योगिकीकरण गर्दै गुणात्मक रोजगारीको सिर्जना गरी दूधको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै मुलुकलाई दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउने तथा निर्यात प्रवद्र्धन गर्नै तर्फ अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।