नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३८ औँ स्थापना दिवस, ३८ युनिट रगत संकलन(भिडियो सहित)

हिमाली आवाज । नेपाल निर्माण व्यवसायी संघ कास्कीले आज स्थापनाको ३८ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसरमा संघको प्रागणमा खुला रक्तदान कार्यक्रम गरिएकामा ३८ युनिट रगत संकलन भएको छ ।

कार्यक्रमका प्रमुअ अतिथि नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष खिमप्रकाश मल्लले पहिलो रक्तदाता सरस्वती भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभयो । संघले रक्तसञ्चार केन्द्र पोखरासँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको हो ।

सो अवसरमा प्रमुख अतिथि मल्लले महासंघले व्यवसायीका हक, हित र अधिकारका लागि काम गर्दे आएको बताउनुभयो । उहाँले पुराना आयोजनामा सरकारले बजेट व्यवस्थापन नगरेकाले त्यस्ता ठेक्काहरु अन्त्य गर्नुपर्दछ भन्ने माग आफूहरुले उठाइरहेको बताउनुभयो ।  सरकारले पुराना ठेक्काको साढ छ अर्ब भुक्तानी बाँकी रहेको मल्ले जानकारी दिनुभयो ।

संघका अध्यक्ष लिलकाजी गुरुङले संघले व्यवसायीका हक हितसँगै सामाजिक उत्तरदायित्वका धेरै कामहरु गरिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो । “हामीमा धेरै समस्याहरु छन् । ती समस्याहरु थाँती राखेर सामाजिक कार्य गर्नेछौँ । सोही अनुसार खुला रक्तदान कार्यक्रम गरेका हौँ । ” अध्यक्ष गुरुङले भन्नुभयो ।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका पूर्व मानार्थ सदस्य शिवशंकर गौचन, केन्द्रीय सदस्य एवं संघका निर्वतमान अध्यक्ष सुरेश श्रेष्ठ, संघका सल्लाहाकारहरु ओमप्रसाद गौचन, ऋषिराम गौतम, गण्डकी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष टंकराज बराल लगायतले निर्माण क्षेत्रका समस्या समाधानका व्यवसायिक एकतामा जोड दिनुभयो । संघका वरिष्ठ उपाध्यक्ष प्रेम पहारीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव डम्बरराज ढकालले गर्नुभएको थियो ।

स्थापना दिवसका अवसरमा निर्माण व्यवसायी कल्याणकारी कोषबाट ७० वर्ष पार गरेका निर्माण व्यवसायीलाई दिइदै आएको कोषको रकमको ५० प्रतिशत रकम रु एक लाख ५० हजार निर्माण व्यवसायी गणेशराज अधिकारीलाई प्रदान गरिएको थियो । अधिकारीलाई पहिलोपटक औपचारिक रुपमा अधिकारीलाई सो सहयोग प्रदान गरिएको हो ।

व्यवसायी कल्याण कोषबाट मरणोपरान्त सहयोग गर्ने गरिएकामा वर्तमान कार्यसमिति निर्वाचित भएर आएपछि निवेदकले निवेदन दिएपछि औपचारिक कार्यक्रममा सम्मान सहित सो रकम प्रदान गरिदै आएको संघका सचिव डम्बरराज ढकालले जानकारी दिनुभयो ।

Comments
Loading...