हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण सम्पन्न भएको छ ।
कार्यक्रमको आज विद्यालयमा आयोजित विशेष समारोहका बीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुुभयो ।
कार्यक्रममा महानगर प्रमुख आचार्यले गुणस्तरीय शिक्षाका लागि विद्यालयले निरन्तर मिहिनेत गरिरहेको बताउँदै विद्यालयले आगामी दिनमा अझै उत्कृष्ट बन्ने गरी लाग्ने विश्वास व्यक्त गर्नुुभयो ।
सरकारले विद्यालय शिक्षालाई निशुल्क र अनिवार्य भनेपनि त्यसको व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको बताउँदै उहाँले अब आउने नयाँ शिक्षा ऐनबाट विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गर्नुुभयो ।
पोखरामा पूर्वाधार विकास लगायतका क्षेत्रमा ठूलो लगानीमा विभिन्न परियोजनाहरू अघि बढेको उल्लेख गर्दै उहाँले यी सम्पन्न भएसँगै महानगरवासीले अनुुभूति हुने गरी परिणाम प्राप्त हुने बताउनुुभयो ।
गोगन माध्यमिक विद्यालयका अध्यक्ष एवम् कार्यक्रमका सभापति मेघराज पौडेलले विभिन्न आरोह अवरोहका साथ विद्यालय बर्तमान अवस्थासम्म आइपुुगेको बताउँदै विद्यालयले शैक्षिक गुणस्तरीयतालाई निरन्तर रुपमा जोड दिदै आइएको बताउनुुभयो ।
विद्यालयमा राज्यका १६ वटा मात्र दरबन्दी रहेकोमा हाल ७७ जना शिक्षकहरूबाट अध्यापन गराइएको उल्लेख गर्दै उहाँले सिमिति साधनस्रोतका बीच शैक्षिक गतिविधि सञ्चालन गर्न कठिनाइ भैरहेको बताउनुुभयो ।विद्यालयमा यस वर्षदेखि होटेल व्यवस्थापनका कक्षा पनि सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुुभयो ।
विद्यालयका प्रधानाध्यापक मोहनराज बरालले विद्यालयको भौतिक एवम् शैक्षिक प्रतिवेदनबारे जानकारी गराउनुुभएको थियो ।
कार्यक्रममा विभिन्न तह र विषयमा अध्यापनरत शिक्षकहरू अर्जुनप्रसाद बास्तोला, कालीप्रसाद भुर्तेल, प्रकाश खड्का, रामहरि बराल, लिलमाया गुरुङ, सुनिता गुरुङ, सुरेन्द्र लामिछानेलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा कर दिवसका अवसरमा राष्ट्रियस्तरमा आयोजित खुल्ला प्रतियोगितामा प्रथम हुने छात्रा दिप्ती थापा, विभिन्न कक्षामा उत्कृष्ट छात्रछात्रालाई पुरस्कत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलको सभापतित्व एवम् शिक्षकद्वय गीता थापा र विनोद भण्डारीले सञ्चालन गर्नुुभएको कार्यक्रमको धन्यवाद सहित समापन शिक्षक अभिभावक संघका अध्यक्ष सञ्जय गुरुङले गर्नुुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड पोखरा कार्यालयका प्रमुख गोविन्दराज पोख्रेल, पोखरा महानगरपालिकाका शिक्षा अधिकृत बद्रीनाथ सुवेदी, भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष किसान परियार, विद्यार्थी दीपिन सुवेदी लगायतले बोल्नुुभएको थियो ।कार्यक्रममा विद्यार्थीहरुले विभिन्न उत्कृष्ट सांस्कृतिक प्रस्तुतीहरू प्रदर्शन गरेका थिए ।