समावेशी महिला सञ्जाल संकल्प गण्डकीको अध्यक्षमा सरिता तिमिल्सिना निर्वाचित

हिमाली आवाज । शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल संकल्प गण्डकी प्रदेशको अध्यक्षमा सरिता तिमिल्सिना पगेनी निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षमा मीलन भुजेल, सचिवमा ईश्वरी बिक, कोषाध्यक्षमा ईश्वरी चापागाईंलाई सर्वसम्मत चयन गरेको हो । यसैगरी सदस्यहरुमा मुन्नी खातुन, गीतामाया श्रेष्ठ, पवित्रा खड्का, गंगा चापागाईं र माया गुरुङ भुजेल हुनुभयो । बिहीबार पोखरामा भएको प्रदेशस्तरिय समितिको अभिमुखीकरण तथा पुनर्गठन कार्यक्रमको अवसरमा उक्त समिति गठन गरिएको हो ।

यस अघि कार्यक्रम उद्घाटन गर्दै संकल्पका संस्थापक अध्यक्ष दुर्गा सोबले संबैधानिक निकायहरु र राज्यका संरचनाहरुमा महिलाको समान सहभागिता वनाउनका लागि संकल्पले काम गरिरहेको बताउनुभयो । शान्ति, सुशासन र राजनीतिमा महिलाको निर्णय र शक्तिशाली भूमिका निर्माण गर्ने लक्ष्यका साथ संकल्पले ७७ वटा जिल्लामा काम गरेको उहाँको भनाई छ ।

शान्ति, न्याय र लोकतन्त्रका लागि समाबेशी महिला सञ्जाल संकल्प गण्डकी प्रदेशका उपाध्यक्षा सरिता तिमिल्सिना पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा बान उपाध्यक्ष दुर्गा अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । सो कार्यक्रम सञ्चालन संकल्पका केन्द्रीय सदस्य अमिका राजथलाले गर्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका संकल्पका सदस्य संस्था क्रियाशील पत्रकार महिला, दलित महिला संघ नेपाल, नागरिक आवाज, मानवअधिकारका लागि महिला एकल महिला समूह, विकल्प, फतिमा फाउन्डेसन, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, नेपाल अपांग महिला संघ लगायतका संस्थाका महिलाहरुको प्रतिनिधित्व थियो ।

Comments
Loading...