पोखराको श्रीवृद्धि सहकारीको १६ औँ वार्षिक साधारणसभा

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं १० अस्पतालचोकमा अवस्थित श्रीवृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ ।

साधारणसभाको सहकारी संस्थाका संस्थापक अध्यक्ष प्राडा कृष्णबहादुर केसीले एक समारोहकाबीच उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले सहकारी क्षेत्रलाई व्यवस्थित अघि बढाउन सञ्चालक समिति र शेयर सदस्यहरुको ठूलो भूमिका हुने बताउनुभयो । उहाँले सहकारी संस्थाहरु स्थापित कानुनी मान्यता अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।

श्रीवृद्धि सहकारी संस्थाका अध्यक्ष मीनबहादुर गुरुङले संस्थाको गुणस्तरीयतालाई उचाईमा पुग्नका लागि पूँजी र कारोबार वृद्धिका प्रयासलाई तीव्रताका साथ अघि बढाइएको जानकारी दिनुभयो ।

अध्यक्ष गुरुङले भन्नुभयो,“सम्पूर्ण शेयर सदस्यहरुलाई पनि आफ्नो सहकारीको अपनत्व महसुस हुेन गरी सहकारीका क्रियाकलाप अघि बढाएका छौँ । पछिल्लो समय केही सहकारीले आफ्नो कारोबार बिगारेका कारण सहकारीप्रति जनविश्वास कम हुँदै गइरहेको अवस्थामा पनि हामी हाम्रो संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सफल भएका छौँ । ”

कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक समिति सदस्य डा विनिता कोइराला शर्माले गर्नुभएको थियो भने स्वागत मन्तव्य सञ्चालक समित सदस्य शंकर तिमिल्सिनाले गर्नुभएको थियो । शेयर सदस्य निलकण्ठ सिग्देलले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

साधारणसभामा अध्यक्ष मीन गुरुङ र कोषाध्यक्ष रुद्रनाथ अधिकारीले शेयर सदस्यले उठाका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।साधारणसभाका अवसरमा गत आर्थिक वर्षमा असल कारोबार गर्ने शेयर सदस्य महेन्द्रबहादुर केसी, असल निक्षेपकर्ता कपिलकुमार जैसी तथा वर्ष उत्कृष्ट कर्मचारी काजल कोइराला पाण्डेले सम्मान गरिएको सहकारीका कार्यालय प्रमुख दुर्गाप्रसाद तिमिल्सिनाले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

Comments
Loading...