हिमाली आवाज । पोखरा रङ्गशालामा सञ्चालन भइरहेको आइटिएफ जे ३० टेनिस प्रतियोगितामा नेपाली खेलाडीद्वय आरभ सम्राट हाडा र सुनिरा थापा एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही मङ्सिर १७ गतेदेखी जारी प्रतियोगिताको आज सम्पन्न खेलमा पुरष एकलफर्त नेपालको पाँचौँ वरियताका हाडाले भारतका दोस्रो वरियताका खेलाडी आदित्य मोरलाई ३–६, ६–४ र ६–३ ले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरे ।
यसैगरी जुनियर विश्व शीर्ष वरियताका जापानका रिकु हिगाशीको सेमिफाइनल यात्रा भने समाप्त भएको छ । अष्ट्रेलियाका प्रतिक नविन संग ६–३, ६–३ को सोझो सेटमा उनी पराजित भए ।
पुरुष एकलतर्फ चीनका हैनुओ गुओले भारतका शौर्य सामालालाई ७–५ र ६–२ ले पराजित गर्नुभयो । भारतकै आश्रव्य मेहराले भारतकै ओजस मेहलावतलाई ४–६, ६–२, ६–० ले पराजित गरेका छन् ।
महिला एकलतर्फ नेपालका सुनिराले भारतकी खोराकÞीवालालाई ६–१, २–६, ६–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिने । भारतकै महिका खन्नाले भारतकै रीत अरोरा लाई टाइब्रेकरमा ७–६(५), ६–७(७), ६–४ ले पराजित गरिन् ।
मंगोलियाका मार्ता चोग्सोमजवले भारतकी दिशा बेहेरामाथि ६–४, ६–० को जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको प्रतियोगिताका निर्देशक अजय विष्ठले जानकारी दिनुभयो ।
यसैगरी भारतीय खेलाडी शगुन कुमारीले भारतकै सयेटे वराडकर माथि ६–० र ६–४ को जित हासिल गरिन ।यसैगरी पुरष डवल्सतर्फ भारतका ओजस मेहलावत र अधिराज ठाकुरको जोडीले भारतका प्रबीर मुकेश चावडा र रिकु हिगाशी (जापान) लाई ६–४, ६–७(३), १३–११ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।
महिला डवल्सतर्फ महिका खन्ना र एन्जल पटेल (भारत) ले स्वस्तिका विष्ट (नेपाल) र अपरा खण्डारे (भारत) लाई ३–६, ६–४, १०–३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्न सफल भए ।
यसैगरी दिशा बेहेरा र अरजान खोराकÞीवाला (भारत) ले मार्ता चोग्सोमजव (मङ्गोलिया) र सयेटे वराडकर (भारत) लाई ७–६(४), ६–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको आयोजक कास्की जिल्ला टेनिस सङ्घले जनाएको छ ।
यही मङ्सिर २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० देशका पुरुष ७० र महिला ३५ गरी एक सय पाँच जना खेलाडीले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा नेपाल सहित जापान, भारत, चीन, अमेरिका, न्युजील्याण्ड, ताइवान, मंगोलिया, बंगलादेश र कोरियाका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला टेनिस सङ्घका सचिव भिष्मराज पौडेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अङ्क, उपबिजेताले १८ अङ्क, सेमिफाईनलिष्टले नौ, क्वाटर फाइनालिष्टले पाँच र आर–१६ ले दुई अङ्क प्राप्त गर्नेछन् ।
.त्यस्तै डबल्समा विजेताले २५ अङ्क, उपविजेताले १३सेमि फाइनालिष्टले छ र क्वाटर फाइनालिष्टले तीन अङ्क प्राप्त गर्नेछन् । खेलाडीले प्राप्त गरेको अङ्कका आधारमा उनीहरुको वरियता निर्धाण हुनेछ ।
प्रतियोगितामा पुरुष एकल तथा डबल्स ̸ महिला एकल तथा डबल्स गरी चार ईभेन्टमा प्रतियोगिता सञ्चालन हुने बिजेता तथा उप–विजेताले प्रमाण–पत्रसहित मेडल प्राप्त गर्नेछन् ।