घाचोक स्याल्पेबनको शतबिजारोपण कार्यक्रम र संरक्षण : एक सन्दर्भ

सुशिल जङ्ग जि.सी.
माछापुच्छ्रे गा.पा. ३ घाचोक कास्की
गण्डकी प्रदेश, कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका ३ नं. वडा स्थित घाचोकको शिरमा अबस्थित एक हरियाली गहना समग्र गाउँपालिकाकै एक उत्कृष्ठ संरक्षित बन स्याल्पे बन र उक्त बनको एक उत्कृष्ठ केन्द्रबिन्दु एक साक्षात शक्तिपिठ हामी सम्पुर्णको धार्मिक आस्थाको धरोहर श्री स्याल्पे भुमे मन्दिर अबस्थित छ र सँगै एउटा आश्चार्यको प्रतिक जंगलको बिचमा रहेको तलाउ र यसको आसपासमा धेरै पहिले घले राजाहरुको दरबार रहेको थलो जसको छुट्टै इतिहास र कहावत छ ।

पहिले हाम्रा बुवा हजुरबुवाका अनुसार यस स्याल्पे क्षेत्रमा औँलाले गन्न सकिने मात्र रुखहरु भएको नाङ्गो डाँडा मात्र रहेको र पछि सामुदायिक बनको अबधारणा पश्चात समुदायको सक्रियतामा र पहलमा बृक्षरोपण गरि यो स्याल्पेबन निर्माण भएको रहेछ ।

जब जंगलले घना रुप लिन थाल्यो संगै गाउँको जनघनत्व समेत समानान्तर रुपले बढ्दै गयो जसको फलस्वरुप बन पैदाबारहरुको चरम प्रयोग हुन थाल्यो, यसै क्रममा अन्नपुर्ण सँरक्षण क्षेत्र (एक्याप) को स्थापना भयो तत्पश्चात यो बन संरक्षण क्षेत्र भित्र पर्यो र स्थानिय तबर बाट संरक्षण नियमावलि अनुसार संरक्षण र प्रयोग हुन थाल्यो, तथापि एक्यापको पनि बन संरक्षणमा महत्वपुर्ण भुमिका छ ।

तर चोरी निकाशी र जनसमुदायको हेलचक्रयाईले जंगलको उच्चतम प्रयोग बढ्न थाल्यो र बन केहि मात्रामा पातलिँदै गईरह्यो, यसै क्रममा तत्कालिन घाचोक गा बि स मा युवाहरुको सक्रियतामा तथा अग्रज बुद्धिजिबीहरुको सल्लाह र सुझावको उच्चतम प्रयोग गर्दै एउटा ऐतिहासिक युवा समुह आधिकारीक रुपमा “न्यु सनराईज युवा क्लब” को जन्म भयो जसको पहिलो नेतृत्व लेख बहादुर के सी ले गर्नु भएको थियो भने सल्लाहकारमा स्थानिय अग्रजहरु क्रमशः स्व. रुद्र बहादुर के सी, स्व. चन्द्र ब. जि सी, स्व. खड्ग बहादुर जि सी, स्व. मन बहादुर जि सी, स्व. श्याम बहादुर जि सी, जे टी पुर्ण बहादुर जि सी, खडु प्रसाद रानाभाट लगायत युवाहरुको पथप्रदशकको रुपमा रहनु भएको थियो ।

यहि “न्यु सनराईज युवा क्लब” का सक्रीय पदाधिकारी तथा सदस्य युवा जथ्था, सम्पुर्ण आमा बुवा, दाजुभाई, दिदी बहिनीहरु समेतको सक्रियतामा स्याल्पे बन भित्र रहेको भुमे थानमा मन्दिर, बन परिसरमा बिभिन्न देवलहरु र सिँढि बाटो को निर्माण गर्नु भयो त्यो अबस्थाको यो योगदानको यहाँ बर्णन गरेर साध्य छैन सम्पुर्णलाई धन्यबाद । गाँडापानी क्षेत्रमा छुट्टै ईतिहास बोकेको गौरी शंकर महादेव (घाचोक शिवालय) मन्दिर छ, त्यहाँ बाट र्आिर्शबाद लिँदै ढोलढुङ्गामा बिभिन्न मन्दिर (जस्तै श्री राम मन्दिर, सत्यनारायण मन्दिर, देवी मन्दिर र बौद्ध चैत्य) निर्माण भए र यिनै लाई परिक्रमित परिधि बनाएर कास्की जिल्लाको उपल्लो भेगमा पहिलो पटक बि.सं. २०५९ सालमा एउटा ऐतिहासिक कार्यको थालनि भयो जुन यहि स्याल्पे बन धार्मिक क्षेत्र शत्बिजारोपण कार्यक्रम थियो ।

तत्कालिन समयमा यस्तो कार्यक्रम नेपालका प्रतिष्ठित धार्मिक क्षेत्रमा मात्र हुने गर्दथे । तर यस घाचोक क्षेत्रमा यसको थालनि भयो जसको मुख्य परिकल्पनाकार तत्कालिन “न्यु सनराईज युवा क्लब” का सचिव याम बहादुर जि सी तथा माथि उल्लेखित सल्लाहकार बुवाहरु हुनुहुन्थ्यो । यो स्थापनाको मुख्य ध्येय भनेको यस घाचोक क्षेत्र पहिले बाट देबी देवताको बास भएको ठाउँ, तथा प्रकृतिले अत्यन्त सुसज्जित धार्मिक पर्यटन बनाउन उपयुक्त ठाउँ र यसको उचित संरक्षण र पबद्र्धन गर्नु छँदै थियो संग संगै यस क्षेत्रकै सबभन्दा नजिक रहेको एक उत्कृष्ठ बन स्याल्पे बन को संरक्षण पनि हो । यो शत्बिज छर्ने कुरा र बन संरक्षण भन्ने कुरा एकदम अन्तर सम्बन्धित छन, जसरी परिकल्पनाकारले शत्बिज छर्ने एउटा परिधिको परिकल्पना गर्नु भयो त्यसमा स्याल्पे बनको करिब ९० प्रतिशत भु–भाग ओगटिएको छ , र हाम्रो धार्मिक कहावतमा यो पनि भनिन्छ की शत्बिज छर्ने भु–भाग भित्रका बोट बिरुवा काट्न र मास्न तथा प्रयोग गर्न हुँदैन यसले नकरात्मक असर पर्न सक्छ, जसको फलस्वरुप उक्त कार्यक्रम पश्चात उक्त क्षेत्र झन बढि सँरक्षित हुन पुगेको छ ।

यसरी बि.सं. २०५९ सालमा सुरु भएको यस शत्बिजारोपण कार्यक्रम घाचोकमा अझै निरन्तर चलिरहेको छ जुन हरेक बर्ष बालाचर्तुदशिको दिनमा गर्ने गरिन्छ । हाल उक्त कार्यक्रममा समुदाय नै सक्रिय भएर सञ्चालन गर्ने गरेको छ । यसले स्याल्पेबन र आसपासको क्षेत्रलाई संरक्षण गर्नमा टेवा पुर्याएको छ, संगै यस घाचोक क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा बिकास गरेको छ । यसले घाचोकको मात्र नभई समग्र माछापुच्छ्रे गाउँपालिकालाई देश बिदेशमा परिचित गर्न सहयोग गरेको छ । यि यावत कुरालाई बिचार गर्दा शत्बिजारोपण कार्यक्रम र संरक्षण एक अर्काको परिपुरकको रुपमा देखिएको छ । त्यसैले यस कार्यक्रमलाई स्थानिय सरकार(वडा, गाउँपालिका , प्रदेश ), केन्द्रिय सरकार र अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)ले समेत सहयोग गरि अझै भब्य बनाउन जरुरी छ । यदि यसो भएमा सुन मा सुगन्ध हुनेछ । धन्यबाद ।।। जय स्याल्पे भुमे ।

Comments
Loading...