माछापुच्छ्रेको राष्ट्रपति रनिङ शिल्ड ज्ञाज्योतिको पोल्टामा

हिमाली आवाज । माछापुच्छ्रे गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्डको उपाधि लाहाचोकको ज्ञानज्योति बोर्डिङ स्कुलले जितेको छ । गाउँपालिकाको आयोजनमा भएको माध्यमिक विद्यालय स्तरीय सो प्रतियोगितामा ५ स्वर्ण २ रजत र १ कास्य प्राप्त गरि ज्ञानज्योतिले उपाधि चुमेको छ । रनिङ शिल्ड संगै विद्यालयले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।

यता ५ स्वर्ण १ रजत र ३ कास्य पाप्त गरि माछापुच्छ्रे मा.वि दोस्रो भएको छ । बराह मा.विले ४ स्वर्ण ७ रजत २ कास्याका साथ तेस्रो स्थान पाप्त गरेको छ । दास्रो र तेस्रो हुने विद्यालयले क्रमशः १० हजार , ७ हजार ५ सय रुपया,साथमा ट्रफी पुरस्कार पाप्त गरेका छन् ।

उक्त प्रतियोगितामा अन्तर मा.वि भलिबल छात्रा÷छात्र ,कबड्डी छात्रा÷छात्र ,एथलेटिक्स दौड ट्रयाक १००,२००,४००,८००,१५०० र ३००० मि. साथै छात्रा÷छत्रा ४ ×१०० मि.रिले, ४×४०० मि.रिले, छात्रा÷छत्रा, हाइजम, लङजम्प , ट्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट, मार्चपास लगाएतका खेलहरु सम्पन्न गरेको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव हुम बहादुर गुरुङले बताउनुभयो ।

स्वास्थयका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ यही मंसिर ६ गते देखि ८ गते सम्म मेहेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा भएको थियो ।

सरकारले विद्यालयको खेलकुद प्रतिभाको खोजि गर्दै सम्बर्धन र प्रवद्रधन गर्ने लक्ष्य सहित देशको संधिय संरचना अनुसार स्थानीय,प्रदेश र सघस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ । राष्ट्रपति रनिङ एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो ।

गाउँपालिका अध्यक्ष मिन ब. गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षा यूवा तथा खेलकुद शाखा प्राविधिक साहायक विष्णु प्र. अधिकारीले गर्नु भएको थियो ।

Comments
Loading...