पोखरामा टिभिएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक(फोटो फिचर सहित)

हिमाली आवाज । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट–आवर भेरिएन्ट पोखरामा पनि बिक्री सार्वजनिक गरेको छ । पोखरामा आज आयोजित एक समारोहबीच सो स्कुटरको बिक्री सार्वजनिक गरिएको हो । गण्डकी प्रदेशमा पोखरामा रहेको स्क्वायर्स मोटर्स टिभिएसको आधिकारिक बिक्रेता हो ।

स्क्वायर्स मोटर्सका कार्यकारी अध्यक्ष आदर्शमान श्रेष्ठले आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट यस क्षेत्रका ग्राहकहरुको लागि थप किफायती तथा उत्कृष्ट प्रविधि भएका विद्युतीय सवारी साधनको विकल्प थपिएको बताउनुभयो । श्रेष्ठले नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टिभिएस आईक्युबका ३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा उपलब्ध हुने जानकारी दिनुभयो ।

“नयाँ भेरिएन्टको लन्चसँगै टिभिएस मोटर कम्पनीले विश्वसनीय र सन्तोषजनक उत्पादनहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता कायम राखेको छ । पोखरा तथा समग्र गण्डकी प्रदेशमा हामी टिभिएसका उत्कृष्ट भेरियन्टहरु ग्राहकहरुलाई उपलव्ध गराउन लागिपरेका छौँ ।” श्रेष्ठले हिमाली आवाजसँग भन्नुभयो ।

टिभिएस २.२ किलोवाट–आवरको नयाँ भेरिएन्टको शुरुवाती मूल्य २ लाख ९९ हजार ९०० रूपैयाँ रहेको छ जसले इभी स्कुटरलाई अझ पहुँचयोग्य बनाएको स्क्वायर्स मोटर्सका प्रवन्ध निर्देशक विनोज पोटेले बताउनुभयो ।

कम्पनीका अनुसार टिभिएस आईक्युब ३ प्रमुख सिद्धान्तहरू पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजताबाट प्रेरित छ । पावर अफ चोइस अन्तर्गत ग्राहकहरूलाई विभिन्न रेन्ज, चार्जिङ र प्राइस अपसनहरु रहेका छन् । पूर्ण एसुरेन्स अन्तर्गत सवारी सुरक्षा र फुल ओनरशिप अनुभव रहेको छ भने प्रयोगमा सहजता अन्तर्गत सजिलै प्रयोग गर्न सकिने फिचरहरु रहेका छन् ।

टिभिएस मोटर कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका भाइस प्रेसिडेन्ट मधु प्रकाश सिंहले टिभिएस आइक्युबको आकर्षण देशभरि बढिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा टिभिएस आईक्युबको यात्रा निकै फलदायी हुँदै आएको छ । हाम्रा ग्राहकहरूले केवल एक वर्षमा १० लाख भन्दा बढी किलोमिटर यात्रा पूरा गरिसक्नु भएको छ । विश्वभरि ४ लाखभन्दा बढी ग्राहकहरूले टिभिएस आईक्युब ब्रान्डलाई रोजेका छन् जसले उत्कृष्ट ईभी अनुभवप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रमाणित गरको छ । नयाँ आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्छ ।”

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहील अग्रवालले भन्नुभयो,“टिभिएस आईक्युबसँगको गत एक वर्षको हाम्रो सफल यात्रा सफल रहेको छ । टिभिएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टको प्रवेशले नेपाली दुई पाङ्ग्रे ईभी क्षेत्रमा आएको परिर्वतनमा अझ गति थप्नेछ । हाम्रो विस्तृत वितरण नेटवर्क र उत्कृष्ट इन–स्टोर बिक्रीका साथ हामी यो नयाँ भेरिएन्टलाई नेपालभर उपलब्ध गराउन प्रतिबद्ध रहेका छौं । नेपाली ग्राहकवर्गका लागि दुई पाङ्ग्रे ईभी अझ पहुँचयोग्य भएको छ ।”
यस्ता छन् टिभिएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टका मुख्य विशेषताहरुः

ब्याट्री क्षमता – २.२ किलोवाट–आवर
चार्जर – ९५० वाट
५ इन्चको रंगीन टिएफटी स्क्रीन
सबैभन्दा फास्ट चार्जिङ – २ घण्टा (०–८०%)
सवारी दुर्घटना तथा टो अलर्ट
टर्न–बाइ–टर्न नेभिगेशन
डिस्ट्यान्स टु एम्प्टी
३० लिटरको अन्डर सीट स्टोरेज
७५ किमी प्रतिघण्टाको टप स्पिड
मूल्यः २ लाख ९९ हजार ९९० रूपैयाँ
उपलब्ध कलरहरूः वालनट ब्राउन र पर्ल ह्वाइट

Comments
Loading...