रवि लामिछानेअझै १५ दिन प्रहरी हिरासतमै रहने

हिमाली आवाज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पुनः १५ दिनको म्याद थप गरिएको छ ।
कास्की जिल्ला अदालतले पुनः १५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।

सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ पर्नुभएको सभापति लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल वेलवासीको इजलासले लामिछानेमाथि थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

Comments
Loading...