राष्ट्रिय माविमा अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता सुरु

हिमाली आवाज । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा कास्की जिल्ला ब्यापी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसर पारी आयोजना गरेको उक्त प्रतियोगितामा कास्कीका ४० टीमको सहभागीता रहेको छ ।

प्रतियोगिताको पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष साहारा प्रधानले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै प्रधानले प्रतियोगिताले विद्यालयहरु बीच आपसी भाइचारा अभिवृद्धि गर्ने काम भएको बताउनुभयो । उहाँले खेलकुदका कार्यक्रमले विद्यार्थीहरुलाई शैक्षिक संग संगै शारिरीक तथा मानसिक बिकास गराउन भुमिका खेल्ने उल्लेख गर्नुभयो ।

खेलकुद कार्यक्रम संयोजक तेज बहादुर गुरुङले प्रतियोगितामा छात्र तर्फ २६टीम छात्र र १३ टीम छात्राहरु को सहभागीता रहेको बताउनुभयो । प्रतियोगितामा छात्र÷छात्रा भलिबल दुवै तर्फ प्रथम हुनेले नगद पचास हजार, पदक र प्रमाणपत्र, दोश्रो हुनेले नगद तीस हजार, पदक र प्रमाणपत्र, तेश्रो स्थान हासिल गर्नेले नगद १५ हजार, पदक र प्रमाणपत्र र उत्कृष्ट खेलाडी एक जनाले नगद ५ हजार, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी अन्तर विद्यालय स्तरीय छात्र÷छात्रा परम्परागत छेलो (ठेलो) प्रतियोगिता अन्तर्गत प्रथम हुनेले नगद ५ हजार, पदक, प्रमाणपत्र र फेटा, द्धितीय हुनेले नगद ३ हजार, पदक र प्रमाणपत्र र तृतीय हुनेले नगद २ हजार, पदक र प्रमाणपत्र प्राप्त गर्ने बताइन्छ ।

Comments
Loading...