गण्डकीका सांसद दीपक मनाङे काठमाडौँमा पक्राउ

हिमाली आवाज । गण्डकी प्रदेशका सांसद एव पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् ।

मंगलबार बिहान उनलाई राजधानीको कम्फर्ट हाउजिङ सितापाइलाबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले मनाङेलाई आजनै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ ।

मनाङे ज्यान मार्ने उद्योगको कसुरमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । उनलाई ५ वर्ष कैद सजाय हुने फैसला भएको थियो ।

Comments
Loading...