अर्जुन काफ्ले
हिमाली आवाज । फेदीखोला सहित्य प्रतिष्ठानले फेदीखोला साहित्य पत्रिका (त्रैमासिक) पहिलो अङकको लोकापर्ण गरेको छ ।
बहु प्रतिभाशाली व्यक्तित्व स्वर्गीय चेतन कार्कीको ८६ औं जन्म जयन्तीमा फेदीखोला गाउँपालिका –१ मा पत्रिका लोकापर्ण तथा जन्मजयन्ती मनाइएको हो ।
साहित्यिक पत्रिकाको फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले लोकापर्ण गर्नु भएको हा्े । कार्यक्रममा साहित्यकार चिन्तु गिरी, लाल कार्की, सीता देवी सुवेदी, रोशन रेग्मी गीत कविता प्रस्तुत गर्नु भएको थियो ।
प्रतिष्ठानले पहिलो पटक प्रकाशन गरेको पुष्तकमा ४९ वटा कथा, कविता, गजल, मुक्तक, गीत, जीवनी रहेको प्रतिष्ठानका अध्यक्ष हिमालय जंग वानियाँले बताउनुभयो ।साहित्यिक पत्रिका ९० पृष्ठको रहेको प्रतिष्ठानका अध्यक्ष हिमालय जंग वानियाँले बताउनुभयो ।
५० बर्ष चलचित्रमा निर्देशन, लेखन, संवाद, पटकथा, प्राविधिक सल्लाह दिनु भएका कार्कीको फेदीखोला गाउँपालिकाले कक्षा –६ को स्थानीय पाठ्यक्रम हाम्रो फेदीखोलामा जीवनी राखेको छ ।
परिवर्तन, भूमरी, विश्वास, पहिलो प्रेम लगायतका चलचित्रमा निर्देशन गर्नु भएका कार्कीले कान्छी है कान्छी, तिजको लहर आयो बरिलै, मायाँ पिरतीको चोखो कथा जस्ता गीत लेख्नु भएको थियो ।