मणिपाल शिक्षण अस्पताल र लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे बीच सहमति

हिमाली आवाज । नेपाल मणिपाल शिक्षण अस्पताल पोखरा र लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे बीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’मा सहमति भएको छ ।

अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज अन्तर्गत ‘व्यवसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परीक्षण योजना’ मा अस्पताल र लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे बिच सहमति गरिएको हो ।

सहमतिपत्रमा मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल र लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे को तर्फबाट डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले हस्ताक्षर गर्नुभएको हो ।

हस्ताक्षर समारोहमा अस्पतालका कर्मचारी एवम् लायन्स क्लबका विभिन्न ओहोदामा कार्यरत पदाधिकारीको उपस्थिति रहेको लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे का डिष्ट्रिक चिफ हेल्थ लायन गोविन्द गौतमले जानकारी दिनुुभयो ।

मणिपाल शिक्षण अस्पातलले नागरिकहरुको स्वास्थ्यको ख्याल राख्दै बिभिन्न प्रकारका स्वास्थ्य परीक्षण योजनाहरु समेत ल्याएको छ ।

Comments
Loading...