पोखरामा तिलिचोको प्रशिक्षण

हिमाली आवाज । विद्यार्थीलाई उच्च शिक्षाबारे परामर्श दिने र थप अध्ययनका लागि विभिन्न मुलुकका विश्वविद्यालयमा पठाउँदै आएको तिलिचो कन्सल्टिङ ग्रुपले पोखरामा कर्मचारीलाई प्रशिक्षण दिलाएको छ । काठमाडौं र बुटवलमा कार्यरत कर्मचारीलाई पोखरामा भेला गराएर तिचिलोले प्रशिक्षण दिएको हो ।

विद्यार्थीलाई परामर्श कसरी दिने, उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीको सोचाँइ, बुुझाई र अप्ठेरालाई कसरी हल गर्ने भन्ने विषयमा कर्मचारीलाई जानकारी दिलाउने उद्देश्यले प्रशिक्षण दिएको तिलिचो कन्सल्टिङ ग्रुपका संस्थापक प्रताप पन्थीले जानकारी दिनुभयो ।

तिलिचो कन्सल्टिङ ग्रुपको बुटवलमा प्रधान कार्यालय छ । यसले विद्यार्थीलाई उच्च शिक्षाबारे परामर्श दिँदै आएको छ भने अस्ट्रेलिया, क्यानडा, अमेरिका र बेलायतका विभिन्न विश्वविद्यालयमा थप अध्ययनका लागि पठाउने पनि गरेको छ ।

कम्पनिका व्यवस्थापक इश्वरी आचार्यका अनुसार लुम्बिनी प्रदेशका कपिलबस्तु, रुपन्देही, गुल्मी, अर्घाखाँची, पाल्पा लगायतका जिल्लाका विद्यार्थीलाई लक्षित गर्दै बुटवलमा प्रधान कार्यालय राखिएको छ ।

लुम्बिनी प्रदेशका विद्यार्थीलाई परामर्श दिनुका साथै अस्ट्रेलिया, क्यानडा, अमेरिका र बेलायतका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षाका लागि पठाउने गरिएको पनि उनले बताए । कम्पनिले नेपालसहित अस्ट्रेलियामा दुइठाउँमा र क्यानडामा पनि शाखा बिस्तार गरिसकेको छ ।

Comments
Loading...