फेवातालको बीचमा अलपत्र दुई जनाको सशस्त्र प्रहरीद्धारा रेस्क्यु

हिमाली आवाज संवाददाता । अचानक आएको हावाहुरीका कारण फेवातालमा अलपत्र परेका दुई जनालाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।

फेवातालमा विहिबार अपरान्ह अचानक आएको हावाहुरीका कारण वीच तालमा काठको डुङ्गामा अड्किएका रुपन्देही देवदह नपा ११ घर भई काठमाण्डौ तोखार न।पा। बस्ने वर्ष २२ का मनिष विश्वकर्मा र रूपन्देही देवीनगर न।पा।११ बुटवल बस्ने वर्ष २२ की प्रिति सुनारलाई सशस्त्र प्रहरी बल नं।२४ कालिका गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको विषेश उद्धारकहरुले सकुशल उद्धार गरेका हुन् ।

काठको डुङ्गा भाडामा लिई फेवातालमा सवार गरेका दुई जनालाई अचानक आएको हावाहुरीमा परी वीच तालमा अतालिएको र उद्धारका लागि चिच्याई रहेको अवस्थामा उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले बताउनुभयो । एपीएफ फेवाताल रेस्क्यू टावरमा खटिएको सशस्त्र प्रहरीको बिशेष बिपद् व्यवस्थापन टोलीले उक्त घटना देख्ने वित्तिकै तुरुन्त परिचालन भई उद्धार गरेको शर्माले जानकारी दिनुभयो ।

Comments
Loading...