शान्तिनगर आदर्श आमा समूहको शुभकामना आदान प्रदान

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नंं. २७ मा रहेको शान्तिनगर आदर्श आमा समूहले विजय दशमी सहितका चाडहरुको अवसरमा बुधबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं २७ का पूर्व जनप्रतिनिधि एवं समूहका संस्थापक अध्यक्ष बुद्धिमाया रिजालले महिलाहरुले नेतृत्व गरेको संस्थामा आर्थिक पारदिर्शता र सुशासन हुने उल्लेख गर्नुभयो ।महिलाहरुको शिप र सिर्जनालाई प्रयोग गरी समाज रुपान्तरण गर्न सकिनेमा समेत रिजालले जोड दिनुभयो ।

कार्यक्रममा संचारकर्मी नवराज सापकोटाले स्थानीय सरकारले संचालन गर्ने सामाजिक विकासका कार्यक्रम आमा तथा महिला समूह मार्फत गरेमा प्रभावकारी हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका उपप्राध्यापक निर्मल सोतीले फरक फरक क्षेत्रमा रहेका विज्ञ पुरुषहरुले पनि आमा समूहले संचालन गरेका कार्यक्रममा विज्ञता अनुसारको सहयोग गर्न आग्रह गर्नुभयो ।

लक्ष्मी आदर्श क्याम्पसका प्राध्यापक विकास खनालले आमा समूहको एकताले समाजमा रहेको विकृती र विसंगती विरुद्ध लडन सहज हुने बताउनुभयो ।

नेपाल विकास समाजका विज्ञ पवित्र बाबु सोतीले नसर्ने रोगको परिक्षण र सचेतना कार्यक्रम संचालन गर्न आमा समूहलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा समाजसेवी खेमराज रेग्मीले कठिन अवस्थामा स्थापना भएको आमा समूहमा विचलन आउन नहुने बताउनुभयो ।नेपाल टेलिकमका बरिष्ठ इञ्जिनियर विकासराज तिमिल्सेनाले समूहले गर्ने हरेक क्रियाकलापमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आमा समूहका अध्यक्ष शान्तिदेवी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी नारायणराज घिमिरे, जेष्ठ नागरिक देविप्रसाद पौडेल, उपेन्द्रराज सुवेदी, टिकाराम पाण्डे, आमा समूहका निवर्तमान अध्यक्ष मिना तिमिल्सेना, पूर्व अध्यक्ष लक्ष्मी पौडेल, संस्थापक सचिव कविता घिमिरे लगायतले आमा समूहका गतिविधिका बारेमा बोलेका थिए भने स्वागत उपाध्यक्ष शुशिला न्यौपाने र कार्यक्रमको संचालन सचिव रश्मिला खनालले गर्नुभएको थियो ।

Comments
Loading...