धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

हिमाली आवाज । धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु भएको छ। हाईक्याम्प आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहरूको शव मंगलबार भेटिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको हो।

आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका उनीहरूको हेलिकप्टरबाट खोजी गरिएको थियो। शव ल्याउने तयारी भइरहेको छ।
आरोहण समूहका एकजनालाई उद्धार गरी काठमाडौँं पठाइएको छ।

Comments
Loading...