बाढी पहिरोमा परी देशभर २ सय ४६ जनाको मृत्यु

हिमाली आवाज । हालैको बाढी पहिरोमा परेर देशभर २ सय ४६ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोमा परी बागमती प्रदेशमा १ सय ३९, काठमाडौँ उपत्यकामा ७०, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ९ र लुम्बिनी प्रदेशमा २ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

बाढी तथा पहिरोमा परि १ सय ७८ जना घाइते र १८ जना बेपत्ता भएका छन् भने १७ हजार १ सय ७४ जनाको उद्धार गरिएको पनि प्रहरीले जनाएको छ ।

Comments
Loading...