व्युटी तथा कस्मेटोलोजीको अध्यापन अब पोखरामानै

हिमाली आवाज । गण्डकी टेक्निकल ईन्स्टिच्युट पोखराले पोखरामा पहिलोपटक ब्युटी एण्ड कस्मेटोलोजिको अध्यापन सुरु गर्ने भएको छ । हाल विभिन्न विषयमा सीपमुलक शिक्षा प्रदान गर्दै आएको इन्स्टिच्युटले सीटीईभीटीसँगको सहकार्यमा तीन बर्षे डिप्लोमा व्युटी तथा कस्मेटोलोजीको पढाई सुरु गर्न लागेको संस्थाका अध्यक्ष ध्रुव शर्माले बताउनुभयो ।

उहाँले यस विषय पोखरामा नौलो विषय रहेकाले धेरैको आकर्षण रहने विश्वसा व्यक्त गर्नुभयो ।“ यस विषयमा धेरैको आकर्षण रहने विश्वास लिएका छौँ । यसमा छालाको हेरचाह, सौन्दर्य मसाज, नङको हेरचाह, मेकअप, मसाज, थेरापीलगायतमा अध्यापन हुनेछ ।”

गुरुङ ब्युटी एकेडेमी तथा सीटीईभीटीसँग सहकार्य गरेर सीपमूलक शिक्षा प्रदान गर्न लागिएको शर्माले बताउनुभयो । अहिले नेपाली विद्यार्थी ब्युटी एण्ड कस्मेटोलोजी पढ्न इन्डिया, थाइल्यान्ड, अष्ट्रेलिया, दुवइ, अमेरीका, बेलायत जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।
सीटीईभीटीका निर्देशक टैलेन्द्र आचार्यले व्युटी तथा कस्मेटोलोजीमको कोर्ष आवश्यक अनुसार फेरबदल गर्न सकिने बताउनुभयो ।

वरिष्ठ प्युटीसियन चिनु गुरूङले शिक्षासंगै सौन्दर्य शिक्षा पनि अपरिहार्य रहेको बताउँदै ग्राहकको माग र सोसल मिडिया अनुसार आफूहरू सजक रहेको बताउनुभयो ।

सौन्दर्यकर्मी पवित्रा घिमिरेले पढाईमा समावेश गरिने विषयवस्तुबारे कार्यपत्र प्रस्तुत गर्दै गण्डकी प्रदेशमा १४ सय व्युटीसियन व्यावसाय संचालनमा रहेको जानकारी दिनुभयो । गण्डकी टेक्निकल ईन्स्टिच्युट प्राविधिक शिक्षालाई जोड दिदै २०६८ मा स्थापना भएको हो ।

६ सेमेष्टर रहेको यस पढाईका लागि ४ लाख ९५ हजार लागत लाग्नेछ । यसको पढाइ गणेशमान बहुप्राविधिक शिक्षालय काठमाडौमा संचालन गरिएको छ भने त्यसपछि पोखरामा मात्र संचालन हुने (नेपालमा दुई ठाउँमा) सीटीईभीटीले जनाएको छ । यो कोर्षको डिजाईन सन् २०१७ मा गरिएको थियो ।

Comments
Loading...