पोखराको सुनगाभा सहकारीको अध्यक्षमा थापा निर्वाचित

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं १८ स्थित सेदीभिलेजमा रहेको सुनगाभा बचत तथा ऋण सहकारी संस्थाको छैटौँ अधिवेशनबाट अध्यक्षमा रामबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।

पोखरामा शनिबार सम्पन्न अधिवेशनले थापाको अध्यक्षतामा नौ सदस्सीय सञ्चालक समिति र तीन सदस्सीय लेखा समिति निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा पार्वती कोइराला,सचिव कृष्णबहादुर थापा, कोषाध्यक्ष राजु थापा चयन हुनुभयो । सदस्यहरुमा रमेश थापा(सुमन), सुरेन्द्र थापा, मीना थपलिया, जीवनकुमारी अधिकारी पराजुली र कृष्णबहादुर थापा सर्वसम्मत हुनुभयो ।

लेखा समितिको संयोजकमा निर्मल पहारी र सदस्यहरु धुव्रबहादुर थापा र श्रीजना अधिकारी थापा रहनुभएको छ । निर्वाचन समितिको संयोजकमा पत्रकार गणेश पहारी र सदस्यमा दामोदर पहारी र सिर्जना कुँबर रहनुभएको निर्वाचन मण्डलले शपथ गराएको थियो ।
साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले सहकारी संस्थाहरु नियम र कानुन अनुसार सञ्चालन हुनुपर्ने बताउनुभयो । पूर्ववडाध्यक्ष रणबहादुुरले संस्थाका गतिविधिमा शेयर सदस्यहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले संस्थाले सदैव शेयर सदस्यहरुको आर्थिक गतिविधिलाई सजिलो बनाउन सहयोग गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा पोखरा–१८ का वडासदस्य रमेशबहादुर थापा,सर्वहित बचत तथा ऋण सहकारीका अध्यक्ष भरत तिमिल्सिना, बङ्लादी बचत तथा ऋण सहकारीका अध्यक्ष तुलसी गौतम, गन्तव्य अन्नपूर्ण बचत तथा ऋण सहकारीका अध्यक्ष दीपेन्द्र तिमिल्सिना, भावना सामुदायिक कृषि सहकारीका अध्यक्ष वलराम कोइराला, अम्विका ममता युवा क्लबका अध्यक्ष कृष्णबहादुर थापा, प्रभात आधारभूत विद्यालयका प्रअ कृष्णप्रसाद कोइराला,संस्थाका उपाध्यक्ष पार्वती कोइराला, प्रवन्ध निर्देशक सरिता सिग्देल लगायतले सहकारी संस्थाले बचतकर्ताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

साधारणसभाले संस्थाका सचिव कृष्ण थापाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजु थापाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

Comments
Loading...