हिमाली आवाज । पौडेल बंश महासंघ नेपाल, गण्डकी प्रदेशको आयोजनामा बडा दशैं तथा शुुभकामना आदानप्रदान एवम् बन्धुुमिलन कार्यक्रम सम्पन्न भएको छ ।सो कार्यक्रममा महासंघका पदाधिकारी तथा सदस्य एवम् पौडेल कर्मचारी बन्धुको सहभागिता थियो ।
कार्यक्रमका प्रमुुख अतिथि पौडेल बंश महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलले पौडेल थर, साझा घरको अभियानका साथ पौडेल बन्धुुहरूलाई एकतावद्ध बनाउने तर्फ महासंघ कृयाशिल बनेको बताउनुुभयो ।
देशभर ठूलो संख्यामा पौडेलहरू रहेको बताउँदै उहाँले महासंघले पूजा समिति हुँदै पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्मका पाँचवटा संरचनामा आवद्ध गरिएको उल्लेख गर्नुुभयो ।
पौडेलहरूको इतिहास र यसको प्रमाणिकता खोज्ने काम पनि भैरहेको बताउँदै उहाँले तत्कालीन समयमा रंगनाथ पौडेलले रणबहादुर शाहलाई राज्य सञ्चालनार्थ दिनुुभएको राजविधान सारलाई महासंघले प्रकाशन गर्न लागेको जानकारी दिनुुभयो ।
महासंघका केन्द्रीय सदस्य एवम् वंशावली संकलन समितिका संयोजक प्रा.डा.कृष्णप्रसाद पौडेलले वंशावलीलाई विश्वसनीय बनाउन सम्बद्ध सबै बन्धुहरूको जागरुकता आवश्यक हुने धारणा राख्नुुभयो । कार्यक्रममा बन्धुहरूका तर्फबाट विभिन्न महानुुभावले आआफ्नो सुुझाव प्रस्तुत गर्नुुभएको थियो ।
उक्त अवसरमा पौडेल बन्धुुहरूको कर्मचारीतर्फ संयोजनका लागि बरिष्ठ मालपोत अधिकृत राजेन्द्रप्रसाद पौडेल, प्राध्यापकहरूतर्फ संयोजनका लागि सह प्रा.उपेन्द्र पौडेल र सञ्चारकर्मीहरूको संयोजनतर्फ रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको थियो ।
पौडेल बंश महासंघ गण्डकी प्रदेशका अध्यक्ष रामजी पौडेलको सभापतित्व एवम् सचिव धनञ्जय पौडेलले सञ्चालन गर्नुुभएको कार्यक्रममा प्रदेश भित्रका विभिन्न कार्यालयमा कार्यरत पौडेल कर्मचारी बन्धुुहरूको सहभागिता थियो ।