दशैँका अवसरमा पोखराको बेगनासमा पहिलोपटक खसी बोका प्रदर्शनी हुँदै

हिमाली आवाज । दसैंको अवसरमा पोखरा महानगरपालिका–३१ बेगनासतालस्थित बेगनास युवा क्लबको प्राङगणमा यही असोज २१ गते खसीबोका प्रदर्शनी गरिने भएको छ ।

किसानलाई प्रोत्साहन र कृषिलाई प्रवद्र्धन गर्न प्रदर्शनी आयोजना गरिएको महानगर पशु सेवा शाखाका अधिकृत नवराज अधिकारीले जानकारी दिनुभयो । वडास्तरीय कृषि सञ्चालको आयोजना, कोट देउराली बहुउद्धेश्सीय सहकारीको समन्वय र पोखरा–३१ वडा कार्यालय र महानगर पशु सेवा शाखाले कार्यक्रममा सहकार्य गरेका छन् ।

“उत्पादनमा आधारित पशुपालनलाई पवद्र्धन गर्दै स्थानीय उत्पादन प्रयोग गर्ने बानीको विकास गर्नका लागि बेगनास र माझठानामा प्रदर्शनी आयोजना गरिएको हो ।” पशु शाखाका अधिकृत अधिकारीले  भन्नुभयो । पोखरा–२८ मा भने विगतदेखीनै प्रदर्शनी हुँदै आएकामा बेगनासमा पहिलोपटक गरिएको हो ।

कोट देउराली बहुउद्धेश्सीय सहकारीका अध्यक्ष सुरेन्द्र सापकोटाले प्रदर्शनीमा दशैँका लागि वडामा उत्पादित एक सय बढी खसीबिक्री हुने अपेक्षा गरिएको बताउनुभयो । “उत्पादन गर्नेले सहज बजार पाउनु र उपभोक्ताले सस्तोमा र विक्रेताले समेत राम्रो मुल्य पाउनेछन् । ” सापकोटाले भन्नुभयो ।

Comments
Loading...