निजामती कर्मचारी युनियन कास्कीद्धारा शुभकामना आदानप्रदान

हिमाली आवाज । नेपाल निजामती कर्मचारी युनियन कास्कीले आज विजयादशमी तथा दीपावलीको अवसरमाम शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । सो अवसरमा स्वागत बधाई तथा बिदाई कार्यक्रम समेत आयोजना गरिएको थियो ।

सो अवसरमा नेपाली काङ्ग्रेस कास्कीका सभापति किशोर दत्त बरालले चाडपर्वहरुले सबैको जीवनमा समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सरूवा भएर कास्कीमा आएका शाखा अधिकृत सुशील अर्याल, भिष्मराज अर्याल, दीपा बास्तोला, पशु स्वास्थ्य प्राबिधिक चेत बहादुर कार्कीहरूलाई खादा टीका लगाएर स्वागत गरियको थियो । यसैगरी बढुवा हुनु भएका जनस्वास्थ्य अधिकृत सातौ बद्री आचार्य, जनस्वास्थ्य अधिकृत सातौ तेजाखर लम्साल र नेपाल ईन्जिनियर एशोसिएसन गण्डकी प्रदेशमा निर्वाचित टिमलाई सम्मान गरिएको छ ।

यसैगरी सेवा निवृत्त कास्की युनियनका सल्लाहकार शाखा अधिकृत शिव गौतमलाई खादा टीका, दोसल्ला, सम्मानपत्र र मायाको चिनो प्रदान गरि बिदाई गरिएको थियो कार्यक्रममा नेपाली काङ्रेस गण्डकीका सदस्य एबम प्रचार बिभाग संयोजक रमेश पौडेल, कर्मचारी युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी, गण्डकी प्रदेश अध्यक्ष दीपक रेग्मी, कास्की काङ्रेसका सहसचिब नवीन सिग्देल, युनियन केन्द्रिय सदस्य चित्रा ढकाल, स्वास्थ्यकर्मी कास्कीका अध्यक्ष उदयकान्त तिवारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कास्की युनियनका अध्यक्ष सुरेश कुमार श्रेष्ठले अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिब जिबनाथ मरासनी तथा स्वागत उपाध्यक्ष सीता ढुङानाले गर्नुभएको थियो ।

Comments
Loading...