विन्ध्यवासिनी मन्दिरका भक्तजनलाई समृद्धि फाइनान्सबाट पानी वितरण

हिमाली आवाज । पोखराको विन्ध्यवासिनी मन्दिरका श्रद्धालु भक्तजनलाई समृद्धि फाइनान्सले पानी वितरण गरेको छ ।

वडादशैँ सुरु भएसँगै बिहीबार घटस्थापनाको दिन विन्ध्यवासिनी मन्दिरमा भक्तजनहरुको घुँइचो लागेको थियो । फाइनान्सले भक्तजनहरुलाई सहज होस् भनेर पानी वितरण कार्यक्रम राखेको फाइनान्सका पाेखरा शाखा प्रवन्धक कृष्णहरि  सिग्देलले बताउनुभयो ।

उहाँले भन्नुभयो,“मन्दिर दर्शन गर्न आएका भक्तजनहरुलाई सजिलो होस् भनेर कार्यक्रम रोखका हौँ । हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा सहयोगका कार्यक्रम गर्ने गरेका छौँ ।”

Comments
Loading...