पोखरामा भोलीदेखी बजाजको ग्राण्ड एक्सचेञ्ज मेला

हिमाली आवाज । पोखरामा भोली असोज १७ देखी २० गतेसम्म बजाज मोटरसाइकलको विशेष एक्सचेञ्ज मेला हुने भएको छ ।

बजाज मोटरसाइकलको पोखराको आधिकारिक बिक्रेता इच्छाशक्ति अटोमोवाइल्सले पोखरासभागृहमा एक्सचेञ्ज मेला आयोजना गरेको हो ।
बजाजका मानव संशाधन तथा अपरेशन इन्चार्ज भगवान विजुक्छेले मेलामा जुनसुकै कम्पनीको मोटरसाइकल साटफेरको सुविधा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“दशैँ सुरुभएसँगै हामीले ग्राहकहरुका लागि एक्सचेञ्ज मेला आयोजना गरेका छौँ । तीन भन्दा बढी मुल्यांकनकर्ताद्धारा जुनसुकै कम्पनीको पुरानो बाइकमा भनेजतिकै उत्कृष्ट मुल्यांकन हुनेछ । ” विजुक्छेका अनुसार एक्सचेञ्जस्थलै सरल फाइनान्स सुविधा,फ्रि एसोसरिज लगायतका सुविधा रहेका छन् ।

Comments
Loading...