पोखराको सराङकोट बहुउद्देश्यीय सहकारीको बार्षिक साधारणसभा सम्पन्न

हिमाली आवाज । पोखराको सराङकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । विसं २०६३ देखी संचालनमा आएको सो सहकारीले सामुदायिक रेडियो १०४.६ मेगार्हजको प्रशारण संगै शेयर सदस्यहरुको आर्थिक सहभागिताको लागी बचत ऋण सहकारी सञ्चालनमा ल्याएको हो ।

संस्थाले २ अर्ब २२ करोड कुल कारोबार सहित संस्थाको पुजी ७ करोड २५ लाख लगानीमा ४३ करोड रहेको संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले बताउनुभयो । थापाले एकताबद्ध सहकारीलाई जोड दिदै दिगो ब्यवस्थापन समयको मुल्याङकन सहित परिणाम देखाउन सदस्यहरुको सकृयता बढाउने गरी संस्थालाई अगाडी बढाउनका लागी साधारणसभा केन्द्रीत गरिएको बताउनुभयो ।

सहकारीका पूर्वअध्यक्ष प्रेम बहादुर जि।सीले सहकारीलाई हाम्रो हो भन्ने भावानाको विकास संगै सबैको साथ सहयोग को लागि सबैलाई आग्रह गर्नुभयो ।

साधारण सभाले अध्यक्ष कृष्ण बहादुर थापा द्धारा प्रस्तुत संचालक समितिको प्रतिवेदन, सचिव कुल प्रसाद सुवेदी वाट प्रस्तुत संस्थागत एंव प्रस्तावित प्रतिवेदन ,कोषाध्यक्ष राम मणि पौडेल बाट प्रस्तुत आथिक, लेखा परिक्षण प्रतिवेदन , लेखा संयोजक शिब बहादुर बानिया बाट प्रस्तुत लेखा प्रतिवेदन ,सहसचिव माया कुमारी शर्मा बाट प्रस्तुत कर्जा असुली प्रतिवेदन ,ब्यवस्थापक सुरेन्द्र थापा बाट प्रस्तुत संस्थागत प्रतिवेदनलाई पारित गरेको छ ।

कार्यक्रममा संस्थाका सल्लाहकार सोभियत बहादुर अधिकारी,कानुनी सल्लाहकार बरिष्ठ अधिवक्ता रोहित राज वास्तोला,अधिवक्ता गोबिन्द पौडेल,प्रेम गीरी ,उपाध्यक्ष बसन्त बहादुर बानिया, संस्थाका सदस्य तारा थापा,रेडियो सराङकोटका समचार प्रमुख कमल पौडेल अथक लगायत शेयर सदस्यहरुले आ आफ्नो धाराणा राख्नुभएको थियो । संस्थामा उत्कृष्ठ कारोबार,बचत कर्जा नियमित जेष्ठ सदस्यका उत्कृष्ठता हासिल गरेका छोरा छोरीहरु लाई सम्मान समेत गरिएको थियो ।

संस्थाले सहकारी ऐन नियम अनुसार संस्थागत रहि सामाजिक उत्तरदायित्वका विविध सामाजिक , शैक्षिक र स्वास्थ्य क्षेत्रका कार्यक्रमहरु गदै आएको छ ।

Comments
Loading...