पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुुँदै

हिमाली आवाज । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा विजयादशमीका अवसरमा नवदुर्गा महोत्सवको तयारी गरिएको छ ।
साँस्कृतिक सद्भावको अभिवृद्धि, धर्म संस्कृति र परम्पराको संरक्षण तथा धार्मिक पर्यटनको विकासका लागि विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा र श्रीमद्देवी भागवत ज्ञान महायज्ञ सञ्चालन गरिने समितिले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

विजयादशमीको प्रारम्भ घटस्थापनाका दिन असोज १७ गतेदेखी असोज २५ गते महानवमीसम्म नवरात्री विशेष कार्यक्रम हुने समितिका सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार विजयादशमीको प्रारम्भ हुने घटस्थापनाका दिन नवदुर्गा शोभात्रा निकालिने छ । विन्ध्यवासिनी मन्दिरपरिसबारट सुरु भएर मोहरियाटोल, भैरवटोल, भीमसेनटोल, नालाकोमुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुँगा, सिद्धार्थचोक, रामकृणटोल, गणेशटोल हुँदै मन्दिरमा आएर शोभायात्रा समापन हुने सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

शोभायात्रामा नवदुर्गाका नौ रुपका रुपमा सिँगारिएका नवकन्या आरुढ नौ रथ, विन्ध्यवासिनी मन्दिरको झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, राष्ट्रिय सेवा दल, बुटकहरु, जलकलश सहित मातृशक्ति, विभिन्न आमा समूह, सामाजिक तथा धार्मिक तथा जातीय सङ्घ संस्थाको सहभागिता रहने बताइन्छ ।

विजयादशमी अवधिभर मन्दिरमा विहान ४ बजेटबाट नित्य पूजा आरम्भ गरी विहान ५ बजेदेखी भक्तजनहरुलाई दर्शनको लागि मन्दिर खुला गरिने र प्रत्येक साँझ ६ बजे आरती गरिने समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताउनुभयो ।

समितिले मन्दिरमा रहेका विभिन्न देवदेवीको पर्व विशेषमा पुजनोत्सवहरु, अनुष्ठान, कथा प्रवचन तथा योग शिविरका आयोजना गरी धर्म, संस्कृति र आध्यात्मिक जागरणको कार्य गर्दै आइरहेको जनाएको छ ।

Comments
Loading...