भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा गुरुङ, महासचिवमा पाठक निर्वाचित

हिमाली आवाज । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा दिल बहादुर गुरुङ र महासचिबमा केशव पाठक सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

मञ्चको शनिबार पोखरामा सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले उनीहरुसहित आगामी तीन वर्षका लागि २५ सदस्यिय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा खेम बहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा कृष्ण तिमिल्सना, महासचिवमा केशव पाठक, सचिबमा महेश पौडेल, कोषाध्यक्षमा हरि बहादुर बरुवाल र सह–कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभयो ।

त्यसै गरी कार्यसमिति सदस्यमा दिनेश कुमार श्रेष्ठ, बुद्ध गुभाजु, विश्व तण्डुकार, ओम बहादुर गुरुङ, भरत कुमार आले, याम बहादुर गुरुङ, इन्द्रा मल्ल, राम बहादुर क्षेत्री, शान्ती थापा बैद्य, अनिल सिं, पुरन कुंवर, श्रीकृष्ण अधिकारी, शम्भु केसी, बाला कुमारी गुरुङ, श्याम बहादुर श्रेष्ठ, अमृत बराल र रुपक गुरुङ रहनुभएको छ ।

यस अघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलले नेपाली खेलकुदको विकासमा तीन तहकै सरकारको आवश्यक साझेदारी रहने बताउनुभयो ।

प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले नेपाली खेलकुदमा गौरवपूर्ण यात्रा तय गरेका पूर्व खेलाडीहरु प्रदेशको खेलकुद विकासमा सम्पतीको रुपमा ग्रहण गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा बोल्दै पर्यटन विद गणेश बहादुर भट्टराईले गण्डकी प्रदेश खेलकुद पर्यटनका लागि सम्भावना भएको प्रदेश रहेको बताउँदै यति बेला विश्वमा शान्तीको खाँचो रहेकोले पनि विश्वमा शान्तीको अभियानका लागि खेलकुदमार्फत त्यस प्रकारका कार्यक्रमहरुको थालनी गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रम रोटरी क्लव ३२९२ का गर्भनर इलेक्ट बिनोद कोइरालाले सामाजिक विकासको अभियानमा खेलकुद महत्वपूर्ण रहेको उल्लेख गर्दै पोखरा अन्तर्राष्ट्रिय म्याराथनले सो विषयलाई मुख्य रुपमा उठाएकोले पनि रोटरीले सहकार्य गर्दै अघि बढेको जनाउनुभयो । ब्रिटिश कलेज पोखराका शाखा प्रमुख विमल कोइरालाले शिक्षा र खेलकुद एक अर्काको प्रयाय भएकोले आफ्नो कलेजले पोखरा अन्तर्राष्ट्रिय म्याराथन संगको सहकार्यमा अघि बढेको उल्लेख गर्नुभयो ।

१३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनका अवसरमा मञ्चले तीनजना सम्मान गरेको छ । सो अवसरमा मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरुङ, खेलकुद पत्रकार बिनोद लामिछाने र यूवा एथ्लेटिक्स खेलाडी बादल कार्की सम्मानित हुनुभयो ।

सम्मानित हुने पूर्व अध्यक्ष गुरुङ संस्थाको संस्थापक तथा पोखरा म्याराथनलाई अन्तर्राष्ट्रियस्तर सम्म पु¥याउन तथा पोखरा रंगशाला निर्माणमा समेत भूमिका खेल्नुभएको छ । सम्मानित हुने लामिछाने पोखराको खेलकुद पत्रकारितामा लामो समयको योगदान दिनुभएको छ भने एथ्लेटिक्स खेलाडी बादल कार्की यूवा अवस्थाबाटै पोखरा म्याराथनमा सहभागिता जनाउँदै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुभएको छ ।
सोही अवसरमा मञ्चका ८० वर्ष उमेर पुगेका आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो ।

Comments
Loading...