विश्व पर्यटन दिवस :रिन्जे नाँसामा भिटोफको घरबास प्रर्वद्धन

हिमाली आवाज। गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ नेपाल ) गण्डकी प्रदेशको आयोजनामा ४५ औं विश्व पर्यटन दिवसको पुर्व संध्यामा आयोजित घरबास प्रबद्र्धन कार्यक्रम रिन्जे नाँसा होमस्टेमा सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि, पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले नेपाल गाउँ नै गाउँले भरिएको देश भएको कारण हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने उद्घोषलाई साकार पार्न सरोकार सबै निकायलाई आग्रह गर्नुभयो ।

कला संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले आयेजित उक्त कार्यक्रममा पोखरा महानगरपालिका पर्यटन बिकास समिति उपाध्यक्ष रबिन्द्रराज पौडेल, पोखरा महानगरपालिका शहरी विकास पर्यटन तथा वातावरण महाशाखा प्रमुख विमल रन्जन कार्की, पश्चिमाञ्चल होटल संघका उपाध्यक्ष गणेशराज पहारी, नाटा गण्डकीका अध्यक्ष किशोर दाहाल, एनटिभिएका संस्थापक अध्यक्ष बोबरजंग गुरुङ, हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाट, रिन्जे नाँसा होमस्टेका अध्यक्ष समशेर गुरुङ लगाएतले भनाई राख्नुभयो ।

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश तथा पोखरा महानगरपालिकाको सहयोग, पोखरा पर्यटन परिषद्को समन्ले गरेको थियो भने प्रबद्र्धक नेपाल पर्यटन बोर्ड रहेको थियो ।
मञ्चकी अध्यक्ष शोभा सापकोटाको अध्यक्षता भएको कार्यक्रमको संचालन सचिव लक्ष्मण पहारी र धन्यवाद ज्ञापन कार्यसमिति सदस्य भावना गर्नुभयो ।

Comments
Loading...